+
+
Shares

संविधान संशोधनविरुद्धको आन्दोलन आफैंलाई घातकः सिंह

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १५ गते १५:०५

prakashman-singh

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधनको विरोधमा पाँच नम्बर प्रदेशमा भइरहेको आन्दोलन रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । बन्द हड्ताल र आन्दोलन देशलाई मात्र नभइ स्वयम् आन्दोलनकारीलाई नै घातक हुने बताए ।

बुधबार काठमाडौंको चन्द्रागिरीमा अनलाइनखबरसँग कुरा गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले विगतको सहमति कार्यान्वयन गर्न र तीन तहको निर्वाचन गराउन संविधान संशोधन अनिवार्य भएको बताए ।

‘चुनाव गरेर संविधान कार्यान्वयन गराउनुपर्ने छ । ‘संविधान संशोधन गरेर चुनाव गराउने समय हामीसँग एकदमै थोरै छ,’ उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयन गराउन पनि कांग्रेस नै अग्रसर भएको हो ।’

उनले आन्दोलन त्यागेर संविधान कार्यान्वयनको राष्ट्रिय दायित्व पूरा गर्ने अभियानमा सरकारलाई सघाउन सम्बन्धित पक्षलाई आग्रह पनि गरे । उनले भने, ‘अहिले केही असन्तुष्टिका स्वरहरु सुनिए पनि पछि उहाँहरुले बुझ्नु हुन्छ र आन्दोलन त्याग्नु हुन्छ भन्ने विश्वास छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?