Comments Add Comment

साताभरमा १ सय ३१ अंक बढ्यो नेप्से

green-nepse-share-market
१७ मंसिर, काठमाडौं । निरन्तर घटेको नेप्से यस साता भने १ सय ३१ अंकले बढेको छ । आइतबार १४ सय ६९ अंक कायम भएको नेप्से बिहिबार भने बढेर १६ सय अंकमा आइपुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेञ्जमा १ सय ५२ कम्पनीहरुको कारोबार भएको छ । यि कम्पनीको ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयर ३७ हजार ४ सय ३६ पटक किनबेच हुँदा पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार रुपैयाँ को कारोबार भएको छ । जुन गत साताको तुलनमा १५.०२ प्रतिशतले बढी हो ।

गत साता १ सय ५२ कम्पनीहरुको ७३ लाख ३५ हजार तीन सय ६० कित्ता सेयरहरु ३१ हजार ३ सय ३६ पटक किनबेच हुँदा पाँच अर्ब सात करोड सात लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि सातामा २९.५९ अंकले बढेर ३ सय ४६.४४ अंक कायम भएको छ ।

यो साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक लिमिटेड, कारोबार सेयर संख्याको आधारमा बैंक अफ काठमाडौं लुम्बिनी लिमिटेड अग्रस्थानमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस साता कसमस डेभलपमेन्ट बैंकको ५ लाख ३ हजार १ सय २५ कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment