Comments Add Comment

लघुकथा: चेला

कक्षामा गणित शिक्षक पढाउँदै थिए । सबैभन्दा पछाडिको बेन्चमा बसेका दुई विद्यार्थी आफ्नै सुरमा गफ चुट्दै थिए । एकैछिनमा शिक्षकले सबैलाई कक्षा कार्य दिए । गफमा व्यस्त केटाहरुको मोबाइलबाट सुटुक्क फोटो पनि खिचे ।

mitra-pathak-raju‘ल छिटो गर है क्लास वर्क’ भन्दै यसो शौचालयतिर पसेर फेसबुकमा फोटो अपलोड गरे रोचक स्टाटस सहित – ‘सरले अगाडि पढाइरहँदा लास्ट बेन्चमा बाँदरहरुको हर्कत !’

लगआउट हुन भ्याएकै थिएनन्, फोटोमा त्यही लास्ट बेन्चवालाको कमेन्ट आइहाल्यो – “क्लासमा पढाउने बेला ट्वाइलेटमा गएर फेसबुक चलाउनुको मज्जै बेग्लै । जस्तो गुरु त्यस्तै चेला !”

देवचुली न पा ७, नवलपरासी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment