Comments Add Comment

कपिलवस्तु एक महिनादेखि सिडिओ विहीन, सेवाग्राही मर्कामा

cdo-office

१९ मंसिर, काठमाडौं । कपिलबस्तु जिल्लामा एक महिनादेखि प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

गत कार्तिक १८ गते प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेको सरुवा भएको र हालसम्म पनि उनको स्थानमा कसैलाई नियुक्त नगरिएपछि दैनिक कामकाज सम्पन्न गर्न गाह्रो भएको हो ।

जिल्लाका ग्रामिण क्षेत्रबाट सदरमुकाम आएका जनता काम नभएपछि निराश बन्दै र्फकने गरेका छन् ।

शिवगढी गाविसका रामेश यादव भन्छन्, ‘सामान्य काम त हुन्छ तर ठूलो काम रोकिएको छ ।’ सिडीयो सा’बलाई ल्याउने काम किन ढिलो भएको भन्दैे उनले प्रश्नसमेत गरे ।

त्यस्तै बरइपुर गाविसबाट प्रशासन कार्यालय तौलिहवा पुगेका राम भरोसे यादवको मुद्धामामिला सम्बन्धी काम पनि सिडिओ नहुँदा मल्नि सकेको छैन । सरकारी मान्छे यति लामो समय नहुँदा आफूहरुजस्ताले निक्कै समस्या ब्यहोर्नुपरेको यादवले गुनासो गरे ।

यता प्रजिअ नहुँदा अहिले सम्पूर्ण जिम्मेवारी सहायक प्रजिअ भरत कुमार बुढाथाकीले हेर्दै आएका छन् । उनले भने, ‘सानातिना काम त मैले नै हेरेको छु तर बुद्धा ममिला सम्बन्धी काम हेर्न मिल्दैन, त्यस्ता काम आयो भने रोक्ने गरेका छौं ।’

सहायक प्रजिअ भरत कुमार बुढाथाकीले अब केहि दिनमा नयाँ प्रजिअका रुपमा विष्णु ढकाल आउने जानकारी आफुले पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment