Comments Add Comment

‘आजको डायरी’मा प्रमोद खरेलः ‘सुजता बचाउँ अभियानमा व्यस्त, २ गीत रेकडिङ’

pramood-daily-diary
बिहान अरु बेला म ६ बजेसम्म उठिसक्छु । तर, हिजो सुत्न केहि ढिला भएकाले साढे ७ तिर मात्र उठेँ । उठेर फ्रेस भएपछि मैले सधै नै २ घन्टा रियाज गर्छु । तर, आज नारायण गोपालको स्मृती दिवस भएकाले पनि उहाँको तस्बिर पूजा गरेँ । मेरो कोठामा नारायण गोपालको ठूलो फोटो छ । उहाँको तस्बिरमा पूजा गरेर २ घन्टा रियाज गरेँ । यसपछि, खाना खाएर म सीभील अस्पताल पुगेँ ।

झापाकी सुजाता नाम गरेकी एक जना बहिनीलाई ब्रोनम्यारो भएकाले अस्पतालमा राखिएको छ । उहाँको उपचारका लागि २५ लाख खर्च चाहिन्छ । २२ बर्षकी सुजाताको उपचार सहयोगका लागि मैले पहल गरिरहेको छु । विभिन्न ठाउँबाट सहयोग राशी पनि प्राप्त भैरहेको छ । पैसाकै अभावले कसैको ज्यान नजाओस् भन्ने लाग्छ मलाई । यसैले, उनलाई भेट्नका लागि म अस्पताल पुगेको थिएँ ।

करिब डेढ घन्टा बसेर म मारुती स्टूडियोमा आएर कलेक्शन एल्बमका लागि गीत रेकडिङ गरेँ । यसपछि, फेरि पुतलिसडकको ‘ए वन म्यूजिसियन स्टूडियो’ पुगेर अर्को गीत रेकडिङ गरेँ । २ वटा गीत रेकडिङ गर्दा नै ५ बज्यो । आज केहि मिटिङहरु थिए, तर गीत रेकडिङका कारण केहि पनि भ्याइएन ।

अरु बेलामा घर आउँदा ७ बजेको हुन्थ्यो । तर, आज बिहेको पार्टीमा जानुपर्ने भएकाले पनि चाडै घर आइपुगेको छु । म बेलुका घर आएर त्यस्तो खास केहि पनि गर्दिन । सामान्य खाना खाने, सामाजिक संजालमा अपडेट रहने, समाचार पढ्ने काम गर्छु ।

आजको दिन एकदमै व्यस्त भएँ । ‘सुजता वचाउँ अभियान’का लागि रकमहरु जम्मा हुने क्रम जारी छ । यसले पनि खुशी बनाएको छ । आजको दिनलाई म ५ मा ४ दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment