News Summary
Generated by OK AI. Editorially reviewed.- गायक प्रमोद खरेलले कन्सर्टको दिन क्रिकेट हार्दा मुड अफ हुने गरेको र आफूलाई म्यूजिकसँगै क्रिकेट पनि रहेको बताए ।
- उनले नेपाली दर्शकको ब्लडमै क्रिकेट आइसकेको भन्दै अब नेपाली क्रिकेट नेपालको पहिचानसँग जोडिएको बताए ।
- प्रमोदले एनपीएल होम एन्ड अवेमा भए अर्थतन्त्र चलायमान हुने र क्रिकेटले धेरै फड्को मार्ने बताए ।
८ कात्तिक, काठमाडौं । गायक प्रमोद खरेलले कन्सर्टको दिन क्रिकेट हार्दा मुड अफ हुने गरेको बताएका छन् । ओके एनपीएल बज कार्यक्रममा गायक प्रमोदले आफूसँग म्यूजिकसँगसँगै क्रिकेट पनि रहेको बताए ।
‘म्यूजिकसँगसँगै मसँग पनि क्रिकेट छ । कन्सर्टको दिन क्रिकेट हार्यो भने मुड अफ हुन्छ,’ उनले भने ।
नेपाली दर्शकको ब्लडमै क्रिकेट आइसकेको प्रमोदले सुनाए । नेपालीको कल्चर नै क्रिकेट भन्दा फरक नपर्ने अवस्थामा आएको उनको अनुभव छ ।
‘अब नेपाली क्रिकेट यस्तो भइदियो कि नेपालको पहिचानसँग जोडिएर आइसक्यो । यहाँको दर्शकहरूमा प्लडमा नै क्रिकेट छ,’ उनले भने, ‘पहिला पहिला भारत र पाकिस्तानको सुन्थ्यौं । अहिले फरक छैन नेपालीमा पनि ब्लडमै क्रिकेट आइसक्यो । अब हामीले रमाउनेभन्दा पनि उत्साव हो ।’
अब नेपाल प्रिमियर लिग (एनपीएल) होम एन्ड अवेमा हुने अपेक्षा रहेको प्रमोदले बताए ।
‘होम एन्ड अवे नेपालमा भयो भने अर्थतन्त्र नै चलायमान हुन्छ । जनकपुरको म्याच जनकपुरमा हुँदाखेरिको एउटा चाम, संस्कृति, सभ्यताहरू त्यहाँबाट देखाउन सक्छौं । सुदूरपश्चिममा म्याच भयो भने सुदूरपश्चिम त्यहाँ देखाउन सक्छौं नि । यो चिज सफल भयो भने क्रिकेटले धेरै फड्को मार्छ,’ उनले भने ।
प्रतिक्रिया 4