Comments Add Comment

संविधान संशोधनबारे पृथ्वीनारायण क्याम्पसमा नमूना मतदान

namuna-matadan-pokhara

२० मंसिर, पोखरा । नेपालकै सबैभन्दा धेरै विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरु सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको विपक्षमा देखिएका छन् ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु कास्कीको र अनेरास्ववियु पृथ्वीनारायण (पिएन) क्याम्पस कमिटीको संयोजनमा सम्बन्धित क्याम्पसमा सोमबार गरेको मत सर्भेक्षणमा सहभागी बिद्यार्थीहरुमध्ये धेरैले सीमांकन हेरफेर र संविधान संसोधनको विपक्षमा मतदान गरे ।

‘प्रस्तावित संविधान संसोधन विधेयक ठीक कि बेठीक’ भन्ने विषयमा क्याम्पस गेटमै मतपेटिका राखेर मतदानको ब्यबस्था मिलाइएको थियो । विद्यार्थीहरुले मतदाता नामावलीमा नाम टिपाउँदै मतदान गरेका थिए ।

विहान साढे ८ बजेदेखि पूर्वाहृन ११ः३० बजेसम्म भएको मतदानमा ३ हजार ५ सय विद्यार्थीले मतदान गरेको अनेरास्ववियु जिल्ला कमिटी कास्कीका अध्यक्ष विवेक देवकोटाले जानकारी दिए । जसमा ३ हजार ३ सय ७८ मत संसोधनको विपक्षमा र २२ मत संसोधनको पक्षमा खसेको उनले जानकारी दिए । बाँकी एक सय मत भने बदर भएको उनले बताए ।

मत सर्भेक्षणमा नयाँ शक्ति विद्यार्थी युनियन र अखिल छैटौंको सहभागिता रहेको अनेरास्ववियुले दावी गरेको छ । अन्य विद्यार्थी संगठनको संलग्नता नरहेपनि ती संगठनमा आबद्ध विद्यार्थीहरुले भने निर्वाचनमा भाग लिएको अनेरास्ववियुले दावी गरेको छ ।

प्रस्तावको विपक्षमा मत सर्भेक्षण आएकाले संसदमा दर्ता भएको संविधान संसोधन विधेयक फिर्ता लिन अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाले माग गरे । मत सर्भेक्षणको सरकारले पनि कदर गर्ने उनले विश्वास व्यक्त गरे ।

यस्तै, पश्चिमाञ्चल इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरमा पनि अहिले मतदान भइरहेको छ । पृथ्वीनारायण क्याम्पसको जस्तै मतपत्र र मतपेटिका बनाएर क्याम्पस प्राङ्गणमै निर्वाचन भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment