Comments Add Comment

तिवारीको जीवन रक्षा गरः राष्ट्रिय मानवअधिकार आयोग

human_rights

२२ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रको समग्र सुधारको माग राख्दै १५ दिनदेखि आमरण अनसनरत विकास तिवारीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

तिवारी सप्तरी जिल्लास्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको व्यवस्थापन तथा सुधार, लगायतका २६ सूत्रीय माग राख्दै  आमरण अनसनमा रहेका छन् ।

आयोगले तिवारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गैरहेकोमा समेत सरकारको ध्यानाकर्षण गरेको छ । आयोगले विज्ञप्तिमा भनेको छ, ‘विरोधको स्वरुप जस्तोसुकै भएपनि अनसनरत तिवारीको जीवन रक्षा एवं स्वास्थ्यप्रति संवेदनशील हुन, सार्थक वार्ता र संवादबाट समस्याको समाधान खोज्न आयोग सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ ।’

यस्तै आयोगले आफ्नो अनुगमनको क्रममा सरकारी अस्पतालका भवनहरु तथा उपचारका उपकरणहरु जीर्ण बन्दै गएको, पीउने पानीको अभाव, फोहोरको सही व्यवस्थापन नहुँदा अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिने लगायतका समस्याहरु देखिएको समेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment