Comments Add Comment

भैरहवा गोली काण्डको छानविन गर्न मधेसी मोर्चाको माग

madhesi-morcha-rupandehi

२२ मंसिर, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले भैरहवामा भएको गोली काण्डको न्यायिक छानबिन गरी दोषी उपर कडा करवाही गर्न माग गरेको छ ।

मंगलबार साँझ सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई लक्षित गरी गोली प्रहार भएको थियो । तर, उनलाई गोली लागेन ।

मोर्चाले बुधबार भैरहवमा पत्रकार सम्मेलन गरी घटना निकै दुःखद भएको र, न्यायिक छानबिन गरी दोषी उपर कडा कारवाही गर्न माग गरेको छ ।

मधेसी मोर्चा रुपन्देहीका संयोजक महेन्द्र यादवले घटनामा मोर्चा र मोर्चाको कार्यकताको कुनै संग्लनता नरहेको प्रष्ट पारे ।

घटनासँग जोडेर मधेसी मोर्चाविरुद्ध गलत प्रचार गरिएको भन्दै उनले भने, ‘यो निकै आपत्तिजनक हो, मोर्चाको यसको खण्डन गर्छ र साथै दोषी उपर कडा कारवाही हुनुपर्ने मोर्चाले माग समेत गर्छ ।’

तराई मधेस लोकतान्त्रिक पार्टीका रुपन्देही अध्यक्ष अजय वर्माले अराजक तत्वले भैरहवामा सम्प्रादायिक हिंसा भड्काउन खोजेको आरोप लगाए ।

यसैबीच सिद्धार्थ उद्योग बणिज्य संघ भैरहवाले घटनालाई लिएर सदभाव जुलुसको आयोजना गरी घटनाको दोषी उपर कडा कारवाही गर्न माग गर्दै रुपन्देही प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहसमक्ष ज्ञापनपत्र बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment