Comments Add Comment

हुवावेको डुअल क्यामेरा फोन जीआर-५ २०१७ को प्रि-बुकिङ

huwaei-gr-5-2017१ पुस, काठमाडौं । हुवावे कन्ज्युमर बिजनेश गु्रप (सिबिजी)ले नयाँ डुअल क्यामरा स्मार्टफोन नेपाली बजारमा ल्याउने भएको छ । नयाँ डुअल क्यामेरा फोन हुवावे जीआर-५ २०१७ को प्रि-बुकिङ पुस ३ गतेदेखि ७ गतेसम्म खुल्ला गरिने घोष्णा भएको छ ।

यो आकर्षक र पावरफुल स्मार्टफोन प्राविधिक ट्रेण्ड सेटरहरुका लागि बनाइएको हो । आफ्नो पि्रमियम डिजाइन र अत्याधुनिक प्रविधिका कारण हुवावे जीआर-५ जस्तै नै हृवावे जीआर-५ २०१७ पनि अधिक मूल्यका ह्याण्डसेटलाई कडा प्रतिस्पर्धा दिन सक्षम छ ।

जीआर-५ २०१७ आफनो पुरानो भर्जनको पनि विकसित रुप हो, जसले अझ तेज परफरमेन्स, अतुलनीय ब्याट्री लाइफ र स्मार्टफोनको बजारमा नै सबैले खरिद गर्नसक्ने पि्रमियम डुअल क्यामरा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

हुवावे जीआर-५ २०१७ को उत्कृष्ट डुअल क्यामराको विशेषताका साथ सुपथ मूल्यमा उत्कृष्ट विशेषता प्रदान गरी हुवावेले स्मार्टफोन उद्योगमा दरिलो फड्को मारेको छ ।

बजेटप्रति सचेत हुने प्रयोगकर्ताहरुका लागि यस डिभाइसमा दुई वटा डुअल क्यामरा राखेर हुवावेले सबैलाई उत्कृष्ट फोटो खिच्ने डुअल क्यामराको पावर प्रदान गरेको छ ।

हुवावे जीआर-५ २०१७ को १२ एमबी र २ एमबी रियर क्यामराले मात्र ०.३ सेकेण्डमा एक साथ अटोफोकस गरेर प्रयोगकर्तालाई डाइन्यामिक डेप्थ अफ फिल्ड प्रदान गर्दछ, जसले गर्दा खिचेको फोटोहरुमा निकै नै राम्रो स्पष्टता र वाइड-एंगल सट् पाइन्छ, जुन सिंगल लेन्सबाट खिच्दा सम्भव हुँदैन ।

यसमा १२ एमबी र २ एमबीको दुइटा रियर क्यामराहरु छन् । ८ एमबी प|mन्ट क्यामरा रहेको यो सेटमा इन्टेलिजेन्ट पावर-सेभिङ प्रविधि भएको ३३४० एमएएचको ठूलो ब्याट्री छ ।

५.५ इन्चको हाइ-डेफिनेसन ठूला स्क्रीन रेको यो सेटमा दृश्यको त्रुटी हटाउनको लागि ब्लु लाईट फिल्ाटर आउट जडान भएको छ । यसमा ३ जीबी र्‍याम र ३२ जीबी रोम तथा १२८ जीबीसम्मको माइक्रोएसडी कार्ड हाल्न सकिने सुविधा छ ।

हुवावे जीआर-५ २०१७ को मूल्य २९हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ । यो ग्रे सिल्भर र गोल्ड रंगहरुमा उपलब्ध छ । कम्पनीले सुरुमा प्रि-बुकिङ गर्नेहरुका लागि हुवावे ओरिजिनल पावर ब्याङ्क सित्तैमा दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment