Comments Add Comment

एफपिओ निकाल्न लागेको एसबीआईलाई ग्रेड २ रेटिङ, सिद्धार्थ इन्स्योरेन्सलाई ग्रेड ३

rating८ पुस, काठमाडौं । आइतवारबाट नयाँ सेयर (एफपिओ) जारी गर्न लागेको नेपाल एसबिआई बैंकले इक्रा रेटिङबाट ग्रेड २ रेटिङ प्राप्त गरेको छ । बैंकको समग्र आधारभुत पक्ष औसतभन्दा माथी रहेको संकेत यसले गर्छ । बैंकले ६७ हजार सात सय ६७ कित्ता सेयर जारी गर्ने भएको हो ।

सकारात्मक पक्ष

राम्रो बजार हिस्सा (समग्र बैंकिङ क्षेत्रमा चार प्रतिशत हिस्सा)
गुणस्तर सम्पत्ती (यो सुचकमा थप सुधार, भुक्तान हुन बाँकी कर्जा १.४९ प्रतिशतबाट घटेर ०.७६ प्रतिशतमा सिमित)
कम लागतको निक्षेपमा वृद्धि, हाल ५१ प्रतिशत (चालु तथा बचत खाता)
सचेत भएर लगानी विस्तार
खराब कर्जा ०.१४ प्रतिशतमा सिमित
जोखिम भारित सम्पत्तीको तुलनामा पूँजी अनुपात १३.५८ प्रतिशत (आवश्यक अनुपात ११ प्रतिशत)
पुँजी परिचालनमा सहज अवस्था

नकारात्मक पक्ष

निक्षेपमा उच्च केन्द्रिकरण (मुख्य २० निक्षेपकर्ताको हिस्सा ३७ प्रतिशत)
लगानी वृद्धिदर १७ प्रतिशत (समग्र क्षेत्रको दर २१ प्रतिशत)
कर्जा केन्द्रिकरणको अवस्था मध्यम (मुख्य २० निक्षेपकर्ताको हिस्सा २४ प्रतिशत)

अन्य जानकारी
ठुला संस्थागत कर्जा ६७ प्रतिशत
खुद्रे कर्जा २९ प्रतिशत
साना तथा मझौला कर्जा ४ प्रतिशत
कुल कर्जामा १.६ प्रतिशत बराबरको कर्जा पुनरतालिकिकरण गरिएको
स्टेट बैंक अफ इण्डियाको ५५ प्रतिशत लगानी
कर्मचारी सञ्चय कोष १५ प्रतिशत लगानी

यस्तै, २५ प्रतिशत हकप्रद सेयर पारी गर्न लागेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि इक्रा नेपालबाट ग्रेड थ्री रेटिङ प्राप्त गरेको छ । यसले कम्पनीको समग्र आधारभुत पक्ष औसत रहेको संकेत गर्छ ।

सकारात्मक पक्ष

बीमा क्षेत्रको ठुलो खेलाडी मध्ये एक
जोखिम बहन क्षमता वृद्धिसँगै २ वर्षयता आफैले दायित्व बहन गरेको प्रिमियम ४९ प्रतिशत
खुद प्रिमियम आर्जनमा समष्ठिगत बार्षिक वृद्धिदर २८ प्रतिशत
समष्ठिगत बार्षिक वृद्धिदर ५३ प्रतिशत
लगानीबाट हुने आम्दानीको प्रतिलब्धि दर ७ प्रतिशत (बैंकमा निक्षेप र सरकारी ऋणपत्र)

नकारात्मक पक्ष
सञ्चालनको लामो अनुभव अभाव
लगानीबाट हुने आम्दानीको प्रतिलब्धि दरमा गिरावट

अन्य जानकारी
सिद्धार्थ बैंकको १५ प्रतिशत लगानी
मोटर बीमा ७८ प्रतिशत
अग्नि बीमा १५ प्रतिशत
मेरिन र विविध ३/३ प्रतिशत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment