Comments Add Comment

फेरि तीन उपाधि जित्ने नेयमारको चाहना

Neymar-stunning-Goal-1

११ पुस, काठमाडौं । बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेयमारले नयाँ वर्ष २०१७ मा तीन उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् ।

सिजन २०१४/१५ मा लुइज इनरिकेको टोलीले च्याम्पियन्स लिगका साथै ला लिगा र कोपा डेल रे कपको उपाधि जितेका थिए । ‘२०१७ का लागि मेरो चाहना सबै जित्ने र फेरि तेहोरो उपाधि हात पार्ने हो, नेयमारले भनेका छन् ।

यो सिजन स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा छ भने कोपा डेल रेको अन्तिम १६ मा एल्थेटिको विल्बाओ प्रतिद्वन्द्वी पाएको छ । यस्तै च्याम्पियन्स लिगको नकआउट चरणमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेनसाग खेल्नेछ ।

नेयमारले अर्जेन्टिनी स्टार लिओनल मेस्सीले क्लबसँग नयाँ सम्झौता गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment