Comments Add Comment

नेपाल छिट्टै समृद्धिमा अगाडि बढ्छः प्रभु साह

prabhu-saha-at-australia

१ जनवरी, सिड्नी । पूर्वमन्त्री एवम् संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले नेपालमा अब छिट्टै संक्रमणकाल अन्त्य हुने र देश विकासको बाटोमा अघि बढ्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आइतबार मेरिल्याण्डमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले अब संविधानमा भएको अपूर्णतालाई पूर्णता दिइने र संक्रमणकालको अन्त्य गर्दै चुनाव घोषणा हुने बताए ।

मेरिल्याण्डको बार्दली फङ्शन सेन्टरमा आयोजित कार्यक्रममा उनले अष्ट्रेलियामा भएका नेपालीहरुको देश निर्माणमा उन्नत भूमिका हुने बिचार व्यक्त गरे । उनले गत भूकम्पका बेला यहाँस्थित नेपालीले निर्वाह गरेको भूमिका स्मरण गर्दै नेपाल फेस्टिबल जस्ता कार्यक्रमहरु आयोजना गरेर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएकोमा अष्ट्रेलियास्थित नेपाली समाजको प्रशंसा गरे ।

prabhu-saha-at-australia-interaction

उनले नेपालमा वैदेशिक लगानी भित्राउन र लगानीको वातावरण सकारात्मक छ भन्ने विश्वव्यापी सन्देश प्रवाह गर्न एनआरएन जस्ता संस्थाको भूमिका हुने बिचार व्यक्त गरे ।

कार्यक्रममा उपस्थित अर्का सांसद नरेन्द्र साह कलवारले अष्ट्रेलिया आउने नयाँ विद्यार्थीहरुलाई पुरानाहरुले सहीबाटो देखाउनु पर्ने धारणा राखे । उनले नेपालका मधेसी जनताले तीनतिर सीमामा जोडिएको भारतसँग सीमा रक्षा गरेकाले मधेसी जनतालाई देश टुक्राउन खोजेको आरोप लगाउनु बिडम्बनापूर्ण भएको बताए ।

गैरआवासीय नेपाली संघकी संरक्षक इन्द्रा वनले नेपालमा स्थायी सरकार नभएकाले विकास अवरुद्ध भएको भन्दै नेपाल जस्तो सानो देशमा संघीयता आवश्यक नहुने बताइन् ।

prabhu-saha-at-australia-interaction-3

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा न्यू साउथ वेल्सका संयोजक दिनेश पोखरेल, एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष ध्रुव सुवेदी, प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मी, कोषाध्यक्ष डिला खरेल, एनआरएन ओसियानाका संयोजक महेन्द्र लम्साल, शिव श्रेष्ठ, सुमन चौलागाईं, विनोद पौडेल, समीम अनवरलगायतले सांसदहरुलाई बिभिन्न सुझावहरु दिएका थिए ।

कार्यक्रममा नेपाली दूतावास क्यानवेराका कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले अब छिट्टै नेपाली दूतावासको आफ्नै जग्गा र भबन बन्ने प्रक्रिया सुरु हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा सांसद साह र कलवारले विज्ञहरुका सुझाव महत्वपूर्ण भएको भन्दै नेपाल फर्केर ती सुझाव कार्यान्वयनमा जोड दिने बताए ।

prabhu-saha-at-australia-interaction-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment