Comments Add Comment

सिडनीमा एन्टाको होली हंगामा

सिड्नी / अष्ट्रेलियाको शहर सिड्नीमा स्थायी वा अस्थायीरूपमा बसोबास गरिरहेका तराईवासीहरूको संस्था एन्टा (एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया)ले १०औं वार्षिकोत्सवका अवसरमा होली (फागु) मनाएको छ ।

‘एन्टा १०औं वार्षिकोत्सवसँग होली हंगामा’ नाराका साथ मार्च ९ तारिख दिन होली पर्व हर्षोंल्लासका साथ रंग, अबिर खेल्दै शुभकामना आदानप्रदान गरेर मनाइएको छ ।

पाँच सयजना भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा विभिन्न भाषा भाषिका मनोरन्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कन्सुल-जेनेरल दिपककुमार खड़काले होली पर्व तराईबाट नेपालभर छरिएर अष्ट्रेलियासम्म आइपुगिसकेको भन्दै यसले नेपालको संस्कृति विकासमा ठूलो भूमिका खेलिरहेको बताए ।

उनले अष्ट्रेलियाको सरकारी निकायहरू समेतमा होली पर्वको महत्व र विषेशताको बारेमा बताउने र अष्ट्रेलियन संस्कृतिसंग जोड़ने प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

संस्थाका अध्यक्ष अरूणकुमार ठाकुरले कन्सुल जेनरल खड्काको प्रयासप्रति आफू उत्साहित भएको र त्यसको लागि आफू र संस्था सदैव तत्पर रहिरहने बताए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका विभिन्न पदाधिकारीहरू, अष्ट्रेलियन राजनीतिकका विभिन्न गन्यमान्यहरू, नेपाली समाजका अगुवाहरू, नेपालबाट पाल्नु भएका अविभावकहरू, पत्रकारहरू लगायत बाक्लो उपस्थितिले नेपालकै झझल्को दिइरहेको थियो ।

कार्यक्रमलाई मनोरन्जनात्क बनाउन लागि नेपालबाट बिभिन्न भाषाका विभिन्न कलाकारहरूलाई आमन्त्रण गरिएको थियो । साथसाथै स्थानीय कालाकारहरूको वेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रम नेपाली, मैथिली, भोजपुरी र अंग्रेज़ीमा संचालन गरिएको थियो भन्ने कलाकारहरूले पनि मैथिली, भोजपुरी, र नेपाली भाषाका शब्दहरूमा प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment