+
+
Shares

खोज तथा उद्धारमा सरकारको कमजोरीको कारण नागरिकले ज्यान गुमाए : सांसद राई

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको बाढीपछिको खोज, उद्धार र राहतमा सरकारले प्रभावकारी काम नगरेको आरोप लगाए ।
  • उनले हाकुबेसी सुरुङमा करिब ३ सय जना बेपत्ता भएको र उद्धारमा २० जना मात्र खटाइएको भन्दै प्रश्न गरे ।
  • राईले चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि ६ देखि ८ जना बेपत्ता भएको जानकारी आएको बताए ।

३० भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज तथा उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले रसुवालगायत बाढी प्रभावित जिल्लाहरूमा सरकारले खोज, उद्धार र राहतको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नसकेको आरोप पनि लगाए ।

रसुवाको हाकुबेसीस्थित सुरुङमा फसेका नागरिकको उद्धारमा पर्याप्त मात्रमा सुरक्षाकर्मी तथा विज्ञ परिचालन नगरिएको पनि उनले लगाए ।

‘हाकुबेसी सुरुङमा हाम्रो अध्यक्षज्यूसहितको टिमले काम गरिरहेको छ । त्यहाँ ३ सय जना करिब बेपत्ता हुनुभएको छ । अहिले जम्मा २० जना उद्धारकर्मी मात्र खटाइएको छ । यो सरकारलाई म प्रश्न गर्न चाहन्छु,’ उनले भने ।

प्रमुख सचेतक राईले चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि ६ देखि ८ जना बेपत्ता भएको जानकारीमा आएको उनले बताए । सरकारको कमजोरीका कारण उद्धार गर्न सकिने नागरिकको समेत अकालमा ज्यान गएको आरोप पनि उनको थियो ।

‘हिजोअस्तिको चिलिमे हाइड्रो पावरमा पनि लगभग लगभग ६ देखि ८ जना त्यहाँ भित्र बेपत्ता छ भनिएको छ । सरकारको कमजोरीका कारणले गर्दाखेरि धेरै बाँच्न सक्ने, बचाउन सक्ने आम नागरिकहरूको अकालमा ज्यान गएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?