+
+
Shares

बालेनलाई सांसद आरेन राईको सुझाव– सरकार चलाउन नसक्ने भए हात ठडाए हुन्छ

‘यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ । त्यो पाइन्छ, गर्न सकिन्छ,’ सांसद आरेन राईले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते ११:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नभएको भन्दै जिम्मेवारीबाट पछि हट्न आग्रह गरेका छन्।
  • सांसद राईले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको र देश तथा जनतालाई टुहुरो बनाउने शैली स्वीकार्य नहुने चेतावनी दिएका छन्।
  • राईले देश चलाउन नसक्ने भए सरकारले मार्ग प्रशस्त गर्नुपर्ने वा सक्रिय रूपमा काम गर्नुपर्ने भन्दै रास्वपाले नेतृत्व लिन सक्ने संकेत गरेका छन्।

१४ साउन, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै देश चलाउन नसक्ने भए जिम्मेवारीबाट पछि हट्न आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले सरकार अहिले बेखबर भएर बस्ने नभई बाहिर निस्किएर सूचना संकलन, जनतासँग संवाद र शान्ति–सुरक्षा कायम गर्न सक्रिय हुनुपर्ने बताए ।

उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै देश र जनतालाई ‘टुहुरो’ बनाउने शैली स्वीकार्य नहुने बताए ।

‘यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ । त्यो पाइन्छ, गर्न सकिन्छ,’ सांसद आरेन राईले भने, ‘रास्वपा आज दुई तिहाइको नजिक छ । २ सय ८२ सांसद हुनुहुन्छ, कोही न कोहीले त देश लिड गरेर जाला ।’

सांसद राईले सरकारलाई जिम्मेवारीबाट नभाग्न चेतावनी दिँदै या त सक्रिय रूपमा काम गर्न, नभए देश चलाउन नसक्ने स्वीकार गरेर मार्ग प्रशस्त गर्न आग्रह गरे ।

‘यो ढंगले अभिभावक विहीन बनेर देश चलाउन पाइन्न । देश र जनतालाई यसरी टुहुरो बनाउन पाइन्न,’ सांसद राईले भने, ‘यसकारणले सरकार कि त निस्किनुपर्यो, कि त सक्तिनँ भनेर हात ठडाउन पर्यो ।’

सांसद राईले सुनसरी घटनापछि सर्वदलीय बैठक राखेकामा रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरे । सामाजिक सद्भाव कायम गर्न सबै लाग्नुपर्ने र यसको नेतृत्व सरकारले लिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?