News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै माफी माग्नुपर्ने माग गरेका छन् ।
- सांसद राईले प्रधानमन्त्रीको जवाफ कमजोर र तथ्यहीन भएको आरोप लगाउँदै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे ।
- माग पूरा नभएसम्म संसद् चल्न नदिने चेतावनी सांसद राईले दिएका छन् ।
१८ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिबाट आफू लज्जित हुनु परेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा राईले प्रधानमन्त्रीबाट यति कमजोर जवाफको अपेक्षा गरेर प्रश्न नगरेको बताए ।
‘मलाई हाम्रो प्रधानमन्त्रीज्यूले यति कमजोर, मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्न सोध्थिनँ,’ राईले भने, ‘आज मलाई आफैंलाई लज्जास्पद अनुभूति भइरहेको छ ।’
राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउँदै माफी माग्नुपर्ने माग गरे । आफ्नो पार्टी देश बचाउने सर्तमा आएकाले माग पूरा नभएसम्म संसद् चल्न नदिने पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4