+
+
Shares

थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई, भने- सुकुमवासीको पक्षमा हामी हुनेछौं 

सांसद राईले भने, ‘सुकुमवासीको पक्षमा हामी हुनेछौं । हाम्रो पार्टी हुनेछ । अरू पार्टीको जिम्मा लिन सकिन्नँ । म सधैं सुकुमवासीको हकका लागि बोलिरहन्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका सांसद आरेन राईले थापाथलीस्थित सुकुमवासी बस्ती अवलोकन गर्न पुगेर सुकुमवासीलाइ समर्थन गर्ने बताए।
  • सरकारले थापाथलीमा रहेका सुकुमवासी बस्ती हटाउने तयारी गरिरहेको बेला सांसद राईले सुकुमवासीलाइ बिना विकल्प हटाउन खोजिएको भन्दै विरोध जनाए।
  • सांसद राईले आफूहरू सधै सुकुमवासीको पक्षमा हुने बताए ।

११ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राई काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा पुगेका छन् ।

सरकारले थापाथलीमा बसेका सुकुमवासी बस्ती हटाउने तयारी गरिरहेको समयमा सांसद राई शुक्रबार सुकुमवासी बस्ती पुगेका हुन् ।

सरकारले बिना विकल्प आफूहरूलाई हटाउन खोजेको भन्दै सुकुमवासीहरूले प्रदर्शन गरिरहेको समयमा सांसद राई थापाथली पुगेका हुन् ।

थापाथलीमा रहेका सुकुमवासी बस्तीको अवलोकन गर्न पुगेका सांसद राईले भने, ‘सुकुमवासीको पक्षमा हामी हुनेछौं । हाम्रो पार्टी हुनेछ । अरू पार्टीको जिम्मा लिन सकिन्नँ । म सधैं सुकुमवासीको हकका लागि बोलिरहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?