- Home
- अष्ट्रेलिया
- अष्ट्रेलिया समाचार
अष्ट्रेलिया समाचार
६ फागुन, काठमाडौं । विश्वव्यापी सर्च इन्जिन गुगलले अष्ट्रेलियाका स्थानीय समाचार कन्टेन्टबाट भएको आम्दानीको केही हिस्सा मिडियाहरुलाई बुझाउने सम्झौता गरेको छ । लामो समयदेखि जारी विवाद अन्ततः सम्झौतामा आएर टुङ्गएिको हो । गुगलसँग अष्ट्रेलियाका केही समाचार संस्थाहरुले बुधबार समाचारबाट आएको आम्दानीको हिस्सा बुझाउने सम्झौता गरेको हो । यद्यपि बुधबारबाटै समाजिक सञ्जाल फेसबुकले भने अष्ट्रेलियाका मिडियालाई […]
डार्बिन। मेलिना राईको स्वरमा रहेको ‘साँझ बिहान’ बोलको गीत सार्बजनिक भएको छ। अष्ट्रेलियाको डार्बिनको पर्यटकिय गन्तब्यहरुमा छायांकन भएको गीत प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ को अबसरमा सार्बजनिक भएको हो। बिपी भण्डारी र श्रद्धा बरालले भिडियोलाई निर्देशन गरेका छन्। गणेश खड्काको रचना रहेको उक्त गीतमा दीप घतानीले संगीत दिएका छन्। भिडियोमा दिनेश परियार,सुष्मिता बराल,सुशिल श्रेष्ठ,बिन्दु गुरुङ […]
तास्मानिया । आधुनिक प्रविधिको विकासका कारण नयाँ बाजाहरुको उत्पत्ति भएपछि नेपाली लोकबाजाको अस्तित्व नै संकटमा परिरहेका बेला अष्ट्रेलियाको तास्मानिया राज्यस्थित लन्चेस्टनका नेपाली बालबालिकाहरुलाई भने नेपाली मौलिक लोकबाजा चिनाउन र बजाउन सिकाउन थालिएको छ । लन्चेस्टनस्थित नेपालीहरुको सामाजिक संस्था नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले स्थानीय सिटी काउन्सिलसँग सहकार्य गरी ‘एक्टिभ एण्ड क्रिएटिभ किड्स’ कार्यक्रममार्फत यहाँ हुर्केका […]
ताज्मानिया । कोरोना महामारीका कारण गत वर्षको मार्चबाट बन्द गरिएको अष्ट्रेलियाको सिमाना यो वर्ष पनि नखुल्ने भएको छ । अष्ट्रेलियाले आफ्ना सबै जनसंख्यालाई महामारीविरुद्धको खोप दिएर जुलाई महिना अगावै सिमाना खोल्ने संकेत गरेको थियो । तर, कोरोना भाइरसविरुद्धको खोप दिए पनि बाहिरबाट आउने यात्रुहरुका कारण आफ्ना नागरिकहरु अझै संक्रमणको जोखिममा रहन सक्ने भन्दै अष्ट्रेलियाले केही […]
काठमाडौं । गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ आज (जनवरी १५)देखि सुरु हुने भएको छ । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो सिङ्गिङ रियालिटी शोको प्रसारण हिमालय टेलिभिजनबाट राति ८ बजे गरिनेछ । विश्वभरका सैयौं प्रतिस्पर्धीबाट छनोट भएका टप ५० गायन प्रतिभाहरुबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा छ । कोभिड १९ […]
सिड्नी / अस्ट्रेलियाका नेपालीहरुमा राजावादी रुझान सुरु भएको छ । विगत केही वर्ष अघिदेखि पुस २७ मा यहाँ नेपाल एकीकरण गर्ने राजा पृथ्वी नारायण शाहको जन्म दिन मनाउन थालिएको छ । यो वर्ष सोमबार सिड्नीको नेपाली बाहुल्य बस्ती अबर्नमा विशेष कार्यक्रम राखिएको छ । उक्त कार्यक्रमको संयोजन तथा प्रचारप्रसार नेपालको राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका […]
१७ पुस, काठमाडौं । अष्ट्रेलियाले राष्ट्रिय गानमा आदिवासी मानिसहरुको प्रतिनिधित्व गराउन केही परिवर्तन गरेको छ । यससँगै अष्ट्रेलियाको राष्ट्रिय गानमा सुनिने ‘योङ एण्ड फ्रि’ (युवा र स्वतन्त्र) शब्द हटेको छ । अष्ट्रेलियाका आदिवासीहरु विश्वको सबैभन्दा लामो सभ्यता बोकेको समुदाय हो । त्यसैले अष्ट्रेलियाले राष्ट्रिय गानको उक्त शब्द हटाउन लागेको हो । शुक्रबारबाट लागू हुने उक्त […]
१५ पुस, काठमाडौं । अष्ट्रेलियाको विकट क्षेत्रमा फसेका १० वर्षीय बालक र उनका बाबुलाई तीनजना साथीहरुले १२ घण्टा पैदल हिँडेर बचाएका छन् । गत आइतबार उनीहरु अष्ट्रेलियाको क्विन्सल्याण्डको उत्तर-पश्चिमी क्षेत्रमा यात्रा गरिरहेका थिए । तर, उनीहरु चढेको कार बाढीले जलमग्न भएको सडकको बीचमा फस्यो । हिलोबाट कार बाहिर निकाल्न नसकेपछि उनीहरुको समूहले त्यो रात कारमा […]
२६ मंसिर, तास्मानिया । विगत केही महिनायता संसारका दुई विकसित मुलुकहरु अष्ट्रेलिया र चीनबीचको भाइचारा सम्बन्धमा दरार उत्पन्न हुन थालेको छ । चाहे त्यो दरार राजनैतिक होस् वा व्यापारिक, दुवै मुलुकले एक अर्काप्रति पेचिलो आरोप प्रत्यारोप लगाइरहेका छन् । विश्लेषकहरुका अनुसार कोभिड–१९ महामारीको उत्पत्ति र नियन्त्रण गर्ने सवालमा चीन असफल भएको विषयलाई लिएर अष्ट्रेलियाले चीनविरुद्ध […]
२४ मंसिर, काठमाडौं । अस्ट्रेलियाले फेसबुक र गुगलले आफ्ना सञ्चारमाध्यमहरुको समाचार उक्त प्लेटफर्ममा राखेबापतको पैसा तिर्नुपर्ने नियम ल्याउने भएको छ । अस्ट्रेलियाले मंगलबार उक्त योजनाबारे निर्णय गरेको हो । स्वत्रन्त्र पत्रकारिताको संरक्षणका लागि विश्वभरमा नै यो पहिलो कदम हो । इन्टरनेट कम्पनीहरुले भने यो योजनाको विरोध गर्दै आएका छन् । यसै साता संसद्मा पेस हुन गइरहेको […]
१७ मंसिर, काठमाडौं । अष्ट्रेलियाको समग्र अर्थतन्त्रमा सन् २०२० को तेस्रो त्रैमासमा अनुमान गरिएभन्दा धेरैको सुधार देखिएको छ । कोरोना भाइरस (कोभिड-१९) को कारण दुई त्रैमासमा संकुचनमा परेको अर्थतन्त्रमा तेस्रो त्रैमासमा सुधार देखिएको हो । सुरुआती नतिजाअनुसार तेस्रो त्रैमासमा अष्ट्रेलियाको अर्थतन्त्र तीन दशमलव ३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसअघि दोस्रो त्रैमासमा अष्ट्रेलियाको आर्थिक संकुचन […]
सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिनाकै उच्च तापक्रम मापन गरिएको छ । सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा महिनाभरिको सबैभन्दा उच्च ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको अष्ट्रेलियाको मौसम विभाग कार्यालयले जनाएको छ । सिड्नीमा शनिबारदेखि आइतबारसम्ममा तापक्रम २५ डिग्री सेल्सियसभन्दा कम नभएको पनि मौसमविद्हरूले बताएका छन् । सिड्नीमा आइतबार बिहान ४ः३० […]
तास्मानिया । अष्ट्रेलियाको तास्मानियास्थित लन्चेस्टनमा बस्ने नेपाली युवा विवेक सेढाईँ नर्दन तास्मानियन क्रिकेट एसोसिएनको अम्पायर बनेका छन् । चितवन जिल्ला खैरेनी-१० शान्तिनगर घर भई हाल लन्चेस्टन बस्दै आएका २७ वर्षीय सेढाईँ अष्ट्रेलियाको क्लबस्तरीय क्रिकेट म्याचहरुमा अम्पायर गर्ने सम्भवतः पहिलो नेपाली हुन् । लन्चेस्टनको मोब्रेमा बस्ने उनी त्यही क्षेत्रबाट अम्पायरिङ गर्न सुरु गरेका हुन् । अस्टेलिया […]
तास्मानिया । अस्ट्रेलियाको तास्मानिया राज्यस्थित डेभनपोर्टमा बस्ने नेपालीहरुले नेपालका युवा वैज्ञानिक महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख ७६ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेका छन् । दसैँको अवसरमा डेभनपोर्टमा बसोबास गर्ने नेपालीहरुद्वारा आयोजित ‘मिट एण्ट ग्रिट’ कार्यक्रममा सहभागीहरुबाट सहयोगस्वरुप उठेको रकम महावीर पुनलाई हस्तान्तरण गरेको डेभनपोर्टका समाजसेवी देव सापकोटाले अनलाइनखबरलाई जानकारी दिए […]
तास्मानिया । ६० वर्षीय वसन्त बजगाईं छोरा बुहारीले बोलाएर अष्ट्रेलिया घुम्न आएको ८/९ महिना भयो । दसैँ पर्व नजिकिँदै जाँदा परदेशी भूमिमा दसैँ खल्लो हुने होला भन्ने कुराले उनलाई भित्रभित्रै पोलिरहन्थ्यो । अहिलेसम्मको दसैँ नेपालमै आफन्तहरुसँगसँगै बसेर खुशीसाथ मनाएका उनीले यसपालि भने कोरोना महामारीका कारण यो खुशीबाट बञ्चित हुनुपरेको कुराले उनको मन कता कता […]
१३ कात्तिक, मेलबर्न । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य गरिएको छ । यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको अधिकारीहरुले बताएका छन् । लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ । ‘कठिन यात्रा सकिएको छ, धेरै लामो समय बिताउन […]
आजभन्दा १४ वर्ष पहिला घरको दैलो नाघेका यी पाइलाहरु आज प्रसान्त महासागरको नीलो अनि गाढा रङले भिज्दैछन्। मसँगै, हाम्रो घरछेउ हुँदै कलकल बग्ने महाकाली नदीले पनि यो महासागर छोएको हुनुपर्छ ! एकनास अनि वेगले बगिरहन्थ्यो, सायद सागरमै मिल्नलाई हतार थियो होला। भनिन्छ, अस्ट्रेलियामा यति धेरै सुन्दर समुद्री तटहरु छन् कि दिनको एउटा – एउटा गर्दै […]
ताज्मानिया । अस्ट्रेलियाको नर्दन तास्मानियामा बसोबास गर्ने नेपालीहरुले नवराज मुडवरीको नेतृत्वमा नयाँ कमिटी गठन गरेका छन् । नेपाली सोसाइटी अफ नर्दन ताज्मानियाको आइतबार बसेको वार्षिक साधारणसभाले मुडवरीको नेतृत्वमा १५ सदस्यीय कमिटी चयन गरेको हो । डा. सुशाष कोइरालाको उध्यक्षतामा सम्पन्न उक्त सभाले उपाध्यक्षमा हृदय दाहाल, सचिवमा प्रेम भट्टराई, संयुक्त सचितवमा आकाश पौडेल, ट्रेजररमा सुशिला देवकोटालाई […]
सिड्नी / भिक्टोरिया सरकारको बहुसांस्कृतिक कोभिड टास्क फोर्सले यहाँको नेपाली समुदायका लागि ५० हजार अष्ट्रेलियन डलर सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघ भिक्टोरिया राज्यमार्फत नेपाली समुदायका उक्त रकम दिने भएको हो । शुक्रबार बिहान एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेललगायत भिक्टोरियामा क्रियाशील नेपाली समुदायका नेताहरुलाई पत्र लेख्दै मल्टिकन्चरल कोभिड टास्क फोर्सले छिट्टै एनआरएन भिक्टोरिया […]
२९ भदौ, बुटवल । निर्माण कार्य सम्पन्न गरेको तीन वर्षसम्म बक्यौता भुक्तानी नपाएपछि ठेकेदारले बुटवलस्थित लन टेनिस कोर्टमा ताला लगाइदिएका छन् । रुपन्देही लन टेनिस संघले निर्माण गरेको उक्त कोर्ट निर्माणको बक्यौता रकम पाउन लिखित निवेदन दिंदा समेत नपाएपछि सोमबार निर्माण व्यवसायीले ताला लगाएका हुन् । १७ लाख रुपैयाँभन्दा बढी पाउनुपर्ने रकम पटक पटक माग […]
२८ भदौ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण घटेसँगै लकडाउन पनि आइतबार रातिदेखि खुकुलो हुने भएको छ । भिक्टोरियाका पि्रमियर ड्यानिअल एन्ड्रयुजले आइतबार रातिदेखि सामाजिक अन्तक्रिर्या र बाहिर निस्किने समय बढाइने बताएका हुन् । भिक्टोरियाको राजधानी मेलवर्नमा प्लेग्राउण्ड र बाहिर फिटनेसका उपकरणहरुको पसल खुला गरिनेछ । साथै बाहिर गरिने शारीरिक अभ्यासको […]