+
+
Shares

सिड्नीमा प्रदर्शन हुँदै ‘ज्वाइँ साब’

राजन घिमिरे राजन घिमिरे
२०८१ कात्तिक ३० गते १२:०८

सिड्नी  । जितु नेपाल स्टारर फिल्म ‘ज्वाइँ साब’ले डायस्पोरा प्रदर्शन सुरु गरेको छ । नेपालमा दशैंमा रिलिज भएको यो फिल्म २२ नोभेम्बरमा अस्ट्रेलियाको सिड्नीमा रिलिज हुने भएको छ ।

सिड्नीको हर्स्टभिलस्थित सिभिक थियटरमा ‘ज्वाइँ साब’ प्रदर्शन हुने आयोजक पाल्पा इन्टरटेनमेन्टका दिनेश श्रेष्ठले जानकारी दिए ।  बसन्त निरौला निर्देशित फिल्मले नेपालमा औसत व्यापार गरेको थियो ।

दर्शकको मागकै कारण सिड्नीबाट प्रदर्शन आरम्भ गरिएको श्रेष्ठले बताए । ‘यो फिल्मको सामाजिक सञ्जालमा भएको चर्चाकै कारण माग देखिएको हो । हामीले सिड्नीबाट २२ नोभेम्बरदेखि यो फिल्मको प्रदर्शन सुरुवात गर्दैछौं’, उनले भने, ‘अन्य सहरहरुमा पनि यसको शो हुनेछ ।’

‘ज्वाइँ साब’मा जितुका साथै नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त लगायतका कलाकारको अभिनय छ ।

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?