Comments Add Comment

अष्ट्रेलिया

List Grid
भीषण डढेलोको चपेटामा अस्ट्रेलिया, नेपालीले सुरु गरे राहत अभियान

सिड्नी । गर्मी मौसमको सुरुआतमै अस्ट्रेलियाको न्यू साउथ वेल्स र कुइन्स ल्याण्ड राज्य डढेलोको चपेटामा परेका छन् । दर्जनौ डढेलोहरुसँग न्यू साउथ वेल्स राज्यका संकटकालीन निकायहरु अहोरात्र लडिरहेका छन् । बस्तीहरु, बासिन्दा, घरपालुवा पशुपन्छी , सार्बजनिक तथा निजी सम्पत्तिहरु डढेलोबाट बचाउन यहाँका सबै सरकारी तथा गैरसरकारी निकायहरु चुस्त स्वयमसेवाका साथ् लागिपरेका छन्  । भू-उपग्रह तथा […]

अस्ट्रेलियामा नेपाली बालबालिकाले निकाले तिहार गीत

सिड्नी । सिड्नीमा रहेकी बाल गायिका दीप्सी भट्टको तिहार गीत हालै सार्बजनिक भएको छ । ‘मखमली फुल्यो सयपत्री फिल्यो’ बोलको गीत नेपालीहरुको बाक्लिदै गएको बस्ती एडमनसनपार्कमा छायांकन पनि गरिएको छ । देउशी भैलो खेल्न आएका बालबालिकाहरुले गाउँदै गरेको दृश्य स्थानीय रमेश बस्ताकोटीको घरमा छायांकन गर्दा छिमेकीहरुलाई नेपालमै देउशी सुरु भएको अनुभव भएको थियो । बालकलाकार […]

सुगठित शरीर देखाएर नेपाल चिनाउने सुजनको धोको

ताज्मानिया । भनिन्छ कुनै कुरामा सफलता हासिल गर्न निरन्तर मेहनत, कडा परिश्रम, र दृढ इच्छाशक्ति चाहिन्छ । चाहे मातृभूमि होस या विदेश, आफूले आँटेको काममा मेहनत र कडा परिश्रम गर्‍ये भने सफलता आफूलाई पछ्याउँदै आउँछ । हो, यसैको उदाहरण बनेका छन् अष्ट्रेलिया, लन्चेस्टनका एक नेपाली युवा, सुजन शिल्पकार । गत बिहीबार पोखरा न्युरोडका ३४ वर्षीय […]

अमृतको उपचारका लागि अष्ट्रेलियाबाट ३ लाख बढी सहयोग

४ कात्तिक, सिड्नी । जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारका लागि अष्ट्रेलियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । सहयोग संकलन गरी अष्ट्रेलियावासी नेपालीहरुले चार हजार ३१६ अष्ट्रेलियन डलर (३ लाख ३२ हजार ५५३ रुपैयाँ) मंगलबार पठाएका हुन् । दुईवटा खातामार्फत संचालन गरिएको अभियानका क्रममा एउटा खातामा तीन हजार ४६१ र अर्काेमा ८५५ अष्ट्रेलियन […]

महेशराज दाहाल अष्ट्रेलियाका लागि राजदूत नियुक्त

२८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाललाई नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दाहाललाई मंगलबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

अस्ट्रेलियन सिनेटर भन्छन्– नेपाली समुदायको आवाज क्यानबेरा पुर्‍याउँछु

सिड्नी/ अस्ट्रेलियाका राजनीतिज्ञहरुले यहाको नेपाली समाजसंग छलफल सुरु गरेका छन् । बिहीबार सिनेटर एन्ड्रु ब्रागले आफ्नै कार्यकक्षमा बोलाएर नेपाली समुदायका नेताहरुसँग अन्तरक्रिया गरे । अस्ट्रेलियाको पछिल्लो संघिय चुनावमा लिबरल पार्टीका उम्मेदवार बनेका नेपाली मुलका युबा प्रमेज श्रेष्ठको समन्न्वोयमा भएको अन्तरक्रियामा सिनेटर एन्ड्रुले भने – अस्ट्रेलियाको नेपाली समाज के चाहन्छ भन्ने कुरा तपाइँहरुसंग सोधेर म क्यानबेरामा […]

सिड्नीमा नेपाली बाल गीतको म्युजिक भिडियो सार्वजनिक

सिड्नी/ अस्ट्रेलियामा क्रियाशील नेपाली गायक रमेश बानियाँले बुधबार नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनको रचना संगीत र आवाज रहेको ‘हाम्म पापा’ नामक म्युजिक भिडियो प्रवासमा बनेको सम्भवत पहिलो नेपाली बालगीत संग्रह हो । यो बाल गीत संग्रहको म्युजिक भिडियो प्रबर्दन सिड्नीको रेस्ट रियल स्टेटले गरेको छ । रेस्ट रियल स्टेटका डाइरेक्टर सुरेन्द्र श्रेष्ठले […]

नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता

१४ असोज, काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को क्यानडाको मन्ट्रियलस्थित प्रधान कार्यालयमा मंगलबार द्विपक्षीय सम्झौता भएको हो । नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो । पर्यटन मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी सुरेश आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट […]

अष्ट्रेलियाका प्रधानमन्त्रीले दिए दशैंको शुभकामना

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हिन्दूहरुको महान चाड बडादशैंको शुभकामना दिएका छन् । आइतबार घटस्थापनाको दिन शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री मोरिसनले सबै हिन्दुहरुलाई दशैंको नवरात्रमा हर्षोल्लास र शक्ति अझ बढोस् भन्ने कामना गरेका छन् । दशैंको नवरात्रिले सबैलाई एकसूत्रमा बाँधिराखेको अष्ट्रेलियाको बहुसँस्कृतिको याद आउने उनले उल्लेख गरेका छन् । साथै आस्था र पृष्ठभूमि […]

स्तनक्यान्सर परीक्षणमा सहयोग गर्न सिड्नीमा दशैं साँझ

सिड्नी / सिड्नीमा स्थापित एक सामाजिक संस्थाले नेपालमा स्तन क्यान्सर परीक्षणमा सहयोग गर्न दशैं साँझ आयोजना गर्ने भएको छ । बिगत चार वर्षदेखि हरेक दशैंको पूर्वसन्ध्यामा विशेष कार्यक्रम आयोजना गरेर नेपालमा सहयोग गर्दै आएको ब्रिज द ग्याब नामक सँस्थाले यो वर्ष नेपालको रिचा बजिमय स्मृति फाउन्डेसनमार्फत नेपालमा सहयोग गर्ने छ । ब्रिज द ग्याबका प्रमुख […]

अस्ट्रेलियामा खुलेको नेपाली स्वामित्वको शिक्षालयमा विद्यार्थी कोटा थप

सिड्नी । दुई वर्षअघि अस्ट्रेलियामा खुलेको नेपाली स्वामित्वको शिक्षालयलाई यहाँको सरकारी नियमनकारी निकायले विद्यार्थी संख्या बढाउन र अर्को शाखा खोल्न अनुमति दिएको छ । उक्त अनुमति पाएलगत्तै शिक्षालयको अध्यापन गराउने क्षमता अब झन्डै एक हजार भएको छ । पश्चिम सिड्नीको ठूलो सहर पारामाटामा रहेको सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टले नयाँ शाखा खोल्ने अनुमति पाएलगत्तै मुख्य […]

नेपाली समाज अस्ट्रेलियाको अध्यक्षमा गणेश तामाङ चयन

काठमाडौं । नेपाली समाज अस्ट्रेलियाको अध्यक्षमा गणेश तामाङ चयन भएका छन् । समाजको उपाध्यक्षमा सुमन खरेल, उपेन्द्र श्रेष्ठ, वीरबहादुर राई, शोभा श्रेष्ठ रहेका छन् भने महासचिवमा सन्तोष आचार्य, सचिवमा उमेश शाह, कोषाध्यक्षमा कृष्ण कार्की, सहकोषाध्यक्षमा अनिल बस्नेत चयन भएका छन् । प्रवक्तामा गौतम बाबु तिवारी, पब्लिक अफिसरमा अभिषेककुमार झालाई मनोनयन गरिएको छ। नयाँ कार्यसमितिको युवा संयोजकमा […]

ग्याबिनलाई नेपालमा स्कूल बनाइदिने नशा

सिड्नी । नेपालमा विद्यालय मर्मत, पुस्तकालय निर्माण र मन्टेश्वरी तालिम केन्द्र खोल्ने नशा लागेका अस्ट्रेलियन शिक्षक ग्याबिन मक्कोर्मकले दुई दर्जन विदेशी स्वयमसेवकको नेतृत्व गर्दै आउँदो डिसेम्बरको दोश्रो हप्ता नवलपरासीको स्कूल मर्मत तथा सजावट गर्ने भएका छन् । उनका नेपाली साथी आनन्द देवकोटाले अनलाइनखबर अस्ट्रेलिया सस्करणलाई टेलिफोनमा बताए अनुसार मर्मत गरिने स्कूल बर्दघाट नगरपालिका- १३ स्थित […]

बद्री पंगेनीको ‘ससुरालीमा’मा झुमे सिड्नीका दर्शक

सिड्नी । सिड्नीका सबअर्बहरुमध्ये सबैभन्दा धेरै नेपालीहरुको बसोबास भएको क्षेत्र अबर्नमा गत शनिबार विहानैदेखि चहल पहल बाक्लो देखिन्थ्यो । नेपालबाट आएका कलाकारहरुको साथसाथै स्थानीय कलाकारहरुको प्रस्तुतिको साथमा तीजको झल्को मेटाउन पाइने कुराले सिड्नीका दर्शकहरु उत्साहित थिए । अझ आफ्ना परिवारका सदस्यले बोलाएर भर्खरै नेपालबाट सिड्नी आएका अभिभावकहरुलाई यो वर्षको तीज खल्लो होला भन्ने पीर थियो […]

तीजको अवसरमा सिड्नीको लिड्कममा ‘गलबन्दी’ धमाका हुँदै

सिड्नी / नेपालीहरु संसारको जुनसुकै कुनामा बसे पनि आफ्ना चाडपर्वडहरु हर्षोल्लासका साथ मनाउने गर्दछन् । दशैं होस् या तिहार, तीज होस् कि जनैपूर्णिमा । व्यस्त समयका बाबजुद आफ्ना आफन्तहरुसँग भेटघाट र रमाइलो गर्न पछि पर्दैनन्, नेपालीहरू । यसै क्रममा अष्ट्रेलियाको पश्चिम सिड्नीमा अवस्थित अवर्नका नेपालीहरु तीजको अवसरमा ‘अवर्न तीज फेस्टिबल’को आयोजनामा जुटेका छन् । अवर्न […]

अस्ट्रेलियाका सिड्नी र मेलबर्नसहितका शहरमा लोडसेडिङ हुने

काठमाडौं । अष्ट्रेलियाका सिड्नी र मेलबर्नसहितका केही शहरमा विद्युत आपूर्तिमा समस्या हुने भएको छ । गर्मी मौसम लागेपछि यी शहरहरुमा लोडसेडिङको हुन सक्ने अस्ट्रेलियन इनर्जी मार्केट अपरेटर (एईमो)ले जनाएको छ । यदि कोइला र ग्यासबाट ऊर्जा उतपादन गर्ने केन्द्रहरु बेलैमा सञ्चालनमा नआए भिक्टोरिया राज्यमा मात्रै १० हजारभन्दा बढी घरहरुमा विद्युत आपूर्तिमा समस्या हुने एसबीएसले लेखेको […]

अस्ट्रेलिया जन्मेका पहिलो नेपालीले मनाए ४५औं जन्मोत्सव

सिड्नी । १९ अगस्ट १९७४ सोमबार । अस्ट्रेलियाको भिक्टोरिया राज्यको राजधानी मेलबर्नको सेन्ट भिन्सेन अस्पतालमा एक नेपाली दम्पतिलाई पहिलो पुत्र लाभ भयो । नाबालकलाई भेट्न आउने उनका पिता बाहेक अर्को अरु कोही नेपाली थिएनन् । अस्पतालमा १० दिन बस्नु पर्‍यो । पिताले गणेशको मूर्ति सामुन्य पुत्रको नाम जुराए – संगम । किन कि  त्यहाँ कोही […]

एनआरएनए अष्ट्रेलिया कानुनी बिवादमा, चुनाव र सपथग्रहण रद्द गर्न माग

मेलबर्न / गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया पहिलो पटक कानूनी बिवादमा फसेको छ । मंगलबार दिउँसोसम्म कानून ब्यबसायीस्तरमा समाधान नभए बिवाद अदालतसम्म पुग्ने भएको छ । दुई वर्षे नयाँ नेतृत्वका लागि ६ जुलाइ २०१९ मा भएको चुनाव गैरकानुनी भएको भन्दै भिक्टोरिया राज्यका सयौं मतदाताहरुले आफ्ना वकिलमार्फत चुनाव रद्द लगायत सबै प्रक्रिया स्थगित गर्न माग गरेका […]

सिड्नीमा फेरि नेपथ्य लाइभ हुने

१७ साउन, सिड्नी । अष्ट्रेलियाको सिड्नीमा ‘एक्सपर्ट एजुकेशन नेपथ्य लाइभ इन सिड्नी २०१९’ हुने भएको छ । कार्यक्रम आयोजना गर्नका लागि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस र नेपाली टचबीच सहमति भएको छ । सहमति भएपछि शुक्रबार पत्रकार सम्मेलन गरी कार्यक्रमको मितिसमेत घोषणा गएकिो छ । कार्यक्रम आगामी डिसेम्बर १४ अर्थात मंसिर २८ गते शनिबार आयोजना […]

सिड्नीमा गोल्ड स्टार जुत्ताको ब्यापार सुरु

सिड्नी । यसै सप्ताहान्तमा सिड्नीमा खुलेको नेपाली गोल्ड स्टार जुत्ताले शनिबार र आइतबार राम्रो ब्यापार गरेको छ । बिदाका दुई दिन ग्राहकहरुको भिड भएको र स्टोरमा  आउने नेपाली र अस्ट्रेलियन दुवै ग्राहकले नेपाली जुत्ता मन पराएको सञ्चालक प्रदीप शाह सुडीले बताए । शनिबार बिहान नेपाली मुलका अस्ट्रेलियन युवक प्रमेज श्रेष्ठले नेपालीको बाक्लो बस्ती भएको रक्देलमा […]

अस्ट्रेलियन शिक्षकले खोले नेपाली स्कूलमा भव्य पुस्तकालय

सिड्नी । सुरु गर्छु उनीबारे अघिल्लो रिपोर्टको अन्त तिरबाट । यो पंक्तिकार र सिड्नीमा क्रियाशील सामाजिक अभियन्ता डा. मोम विश्वकर्मासँग पुरातात्विक महत्वको देखिने भित्री पश्चिमी पुरानो बस्ती ग्लेबस्थित एक पुस्तक पसलभित्रको रंगीन क्याफेमा उनको नेपाल प्रेम सुनिरहँदा करिब दुई टन पुस्तकको कार्गो नेपाल तर्फ उड्नै लागेको थियो । कुन ठाउँमा हो पुस्तकालय बन्ने ? मेरो […]