+
+
Shares

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १३:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको ५० प्रतिशतभन्दा बढी शरीर जलेको छ ।
  • वीर अस्पतालका प्लास्टिक सर्जन डा. पियूष दाहालले राउतको अवस्था गम्भीर रहेकाले प्रारम्भिक शल्यक्रियापछि सघन कक्षमा राख्ने तयारी गरिएको जानकारी दिनुभयो ।
  • काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले घटनाको समयमा राउतका श्रीमती र छोरा घरमा नभएको र आत्मदाहको कारण नखुलेको बताउनुभयो ।

२७ असार, काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गर्ने तयारी गरिएको छ ।

आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो ।

उपचारमा संलग्न एक चिकित्सिकले बताए अनुसार, उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ ।

उनी अस्पताल पुग्दा नै बोल्न नसक्ने अवस्थामा रहेको वीर अस्पतालका प्लास्टिक सर्जन डा. पियूष दाहालले जानकारी दिए ।

‘५० प्रतिशतभन्दा बढी नै जलेको छ । उहाँ आउँदा बोल्नु नसक्ने हुनुहुन्थ्यो,’ उनले भने, ‘प्रारम्भिक सर्जरी गर्नुपर्ने छ । त्यसपछि आईसीयूमा राख्ने तयारी गरिएको छ ।’

राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । घटनाका बेला उनका श्रीमती र छोरा घरमा नरहेको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले बताए ।

उनले आत्मदाहको प्रयासको कारण भने नखुलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?