Comments Add Comment

नयाँबर्षमा जापानको नायोगावासी नेपालीलाई नचाए सुगम, नवीन र नम्रताले

namrata-sugam-and-nabin

नागोया । अंग्रेजी नयाँबर्ष २०१७ को अवसरमा नेपाली गायकहरु सुगम पोखरेल र नवीन के भट्टराई तथा नायीका नम्रता सापकोटाले जापानको नायोगावासी नेपालीहरुमाझ आ-आफ्नो प्रस्तुति दिए ।

सांस्कृतिक कार्यक्रमबाट संकलित रकम महाबिर पुनको अभियान राष्ट्रिय अविष्कार केन्द्र स्थापनार्थ सहयोग गरिनेछ ।

नागोयामा बासोबास गर्दै आएका नेपालीहरुले संयुक्त रुपमा आयोजना गरेको उक्त “Musical Night -2017” को कार्यक्रमका प्रमुख अतिथि एनआरएन एशिया प्यासेफिकका उपसंयोजक रोविन्द श्रेष्ठ, बिशेष अतिथि एनआरएन आइसीसी सदस्य पारसमणि पोखरेल र सभापति एबम कार्यक्रम संयोजक दीपक केसीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

यस क्षेत्रमा रहेका प्राय सबै संघ सस्थाका पदाधिकारी एबम प्रतिनिधिहरु उपस्थित उक्त कार्यक्रममा स्थानीय कलाकारहरु श्याम शितल, राजीव लामा, कर्म दोङ्ग तामाङ, रामशरण राज, मनोज केसी लगायतको प्रस्तुतिले सांगीतिक माहोल तात्दै थियो

nabin-k-bhattarai

जब नबिन के भट्टराई स्टेज प्रवेश गरी ‘साँझ पख एकान्तमा…’ गाउँदै थिए, हल जुरुक्क उठ्दै थियो नबिनले लगातार आˆनो प्रस्तुति नदिइरहन सकेनन । नेपाली आधुनिक पपसंगीतका हस्ती गायक नबिन के भट्टराईले हलमा उपस्थित अहिलेका तन्नेरीदेखि बुढेसकाल लाग्दै गरेका सबैको उत्तिकै हाई हाई पाइरहेका थिए ।

namrata-sapkota

त्यस्तै नायिका नम्रता सापकोटाले ‘पूर्व पश्चिम रेल…’, ‘झुम्के रुमाल खोइ…’ लगायतको गीतमा नृत्य प्रस्तुत गर्दै दर्शकको ताली पाइरहेकी थिइन् ।

अर्का नेपाली आधुनिक पप संगीतका सदाबहार गायक सुगम पोखरेल बैशाकीकै सहारामा स्टेज प्रवेश गर्दै दर्शकलाइ आफ्नो सांगीतिक प्रस्तुति शुरु गरेका थिए । संगीतकार अर्जुन पोखरेलद्वारा संगीतबद्द अहिलेको सर्बाधिक चर्चित गीत ‘म एस्तो गीत गाउँछु…’ गाउन सुरु गरे, दर्शकहरु संगीतमा डुबेका देखिन्थे ।

sugam-pokharel

सुगमले जब ‘यस्तो पाराले चल्दैन यहाँ…’ गाउँदै थिए दर्शकहरु जाडो मौसममा पनि ज्याकेट खोल्दै सांगीतिक रम्दै उप|mीरहेका थिए ।

निर्धारित समयभन्दा निक्कै ढिला गरी सुरु भएको कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुको प्रस्तुतिमा झुमिरहेका दर्शकलाइ कार्यक्रम भब्य अनि सब्य लागेता पनि कलाकारहरुको प्रस्तुति भने छोटो भएको गुनासो भने नसुनिएको होइन ।

कार्यक्रमलाई क्यूयस मनि ट्रान्सफरले मुख्य प्रयोजन गरेको थियो भने अन्य प्रायोजकहरुमा पोखरा रेस्टुरेन्ट, सामिका सुपरमार्केट, करुणा इन्टरप्राइजेज, शुभकामना रेस्टुरेन्ट, सन् लाइट रेस्टुरेन्ट, बिजी बी कम्पनी र एभरेस्ट कर्पोरेसन मेनपावर थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment