Comments Add Comment

विभिन्न समुदायवीच मेलमिलाप गराउन सरकारलाई निर्देशन

anupraj-sharma

२२ पुस, काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न समुदायबीचको समन्वय केन्द्र बनाउन सरकारलाई निर्देशन दिएको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले विभिन्न समुदायबीच देखिएको द्वन्द्व समाधानका लागि तत्काल समन्वय केन्द्र स्थापना गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

शुक्रबार काठमाडौमा आयोजित आदिवासी जनजाति अधिकार सम्बन्धी कार्यशाला गोष्ठीको उदघाटन गर्दै शर्माले दलित, आदिवासी/जनजातिलगायतका समुदायबीच कुटपिटको घटना समेत हुने गरेको उल्लेख गर्दै ती समस्या समाधान गर्न सरकारले ढिलाई गर्न नहुनेमा जोड दिए ।

यस्तै भूकम्पपीडितलाई मानव अधिकारको प्रत्याभूति गराउन सरकार चुकेको भन्दै अध्यक्ष शर्माले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

आयोगले सरकार र राजनीतिक दलहरु सत्ताको जोडघटाउमा मात्रै केन्दि्रत हुँदा नेपालमा नागरिकको मानव अधिकारको अवस्था चिन्ताजनक बन्दै गएको पटक पटक उल्लेख गर्दै आएको छ ।

आयोगका अध्यक्ष शर्माले मानव अधिकारसम्बन्धि आफैंले बनाएको कार्ययोजना अनुसार चल्न पनि सरकारलाई पुन सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment