Comments Add Comment

सुरु भयो ‘मिस नर्स नेपाल’को चौथो संकरण

miss-nurse-aabedan-khullla
‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा सहित स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता मिस नर्सको चौथो संस्करण ‘मिस नर्स नेपाल २०७३’ आयोजना सुरु भएको छ ।
आयोजक नेक्स्ट मोडल्स् नेपालले मंगलबार एक बिज्ञाप्ती जारी गर्दै ‘मिस नर्स नेपाल २०७३’का लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो । नर्सिङ पेसा रोजेका र रोज्ने प्रयासमा रहेका यूवतीहरुको व्यक्तित्व बिकास गरि सामाजिक काम प्रति उत्तर दायित्व बहन गराउने उद्देश्यले प्रतियोगीता आयोजना हुँदै आएको नेक्स्ट मोडल्स नेपालका सिइओ रबि धमलाले जानकारी दिए ।

आयोजक नेक्स्ट मोडल्ससँग मिलेर नेपाल बेष्ट क्यान्सर फाउन्डेसनले संंयोजन गर्न लागेको प्रतियोगीतामा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढि अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजकको दाबी छ ।

प्रतियोगीताको बिजेताले नगद १ लाखको साथमा नेप्कम्स स्टडिजबाट फर्दर अष्ट्रेलिया अध्ययनका लागि छात्राबृतिका साथै नेपाल बेष्ट क्यान्सर फाउन्डेशनको गुडबिल एम्बेसडर बन्ने अवासर प्राप्त गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment