Comments Add Comment

संविधान कार्यान्वयन फलामको च्यूरा चपाएसरहः बाबुराम भट्टराई

img_6707

 

२५ पुस, काठमाडौं । नयाँ शक्ति पार्टीले संविधान कार्यान्वयन फलामको च्यूरा चपाए सरह हुने टिप्पणी गरेको छ ।

पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले संविधानमा धेरै अन्तरविरोधी प्रावधान रहेको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा लैजान निक्कै कठिनाई हुने बताएका हुन् ।

राजधानीमा आज आयोजित ‘संविधान संशोधन आवश्यकता’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै भट्टराईले संविधान अपूरो रहेकोले सके पुनर्लेखन नभए संशोधन गर्दै लैजानुको विकल्प नरहेको पनि दोहोर्‍याए ।

संयोजक भट्टराईले संविधान निर्माणमा सबै समुदायको योगदान रहेकाले उनीहरुको सम्मान हुने गरी संविधान संशोधन गर्नुपर्ने पार्टीको अडान रहेको उल्लेख गरे ।

उनले परिवर्तनका पक्षधर शक्तिहरु कमजोर भएका बेला संविधान जारी गर्नु परेकाले पनि संविधानमा आन्दोलनकारी शक्तिहरुबीचको सहमतिलाई किटानीका साथ उल्लेख गर्न नसकिने स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment