Comments Add Comment

मलेसियामा साहित्यकारहरु सम्मानीत

malesiyama-sammanमलेसिया । मलेसियामा रहेर साहित्यक्षेत्रमा कलम चलाईरहेका साहित्यकारहरु क्वालालम्पुरमा सम्मानीत भएका छन्र ।  मन्जरी थिएटरले आयोजना गरेको एक कार्यक्रममा साहित्यकारहरु जीवन देवान गाउँले, राजु क्षेत्री अपुरो,सेमिमच्छिद्र लोवा, विरेन्द्र असिमित र रविन राना सम्मानीत भएका हुन् ।

स्रष्टा सम्मान तथा रचना बाचन कार्यक्रममा मलेसियाका सफल व्यवसायी, साहित्यकार तथा कार्यक्रमका प्रमुखअतिथि दिलकुमार केरुङले साहित्यकारहरुलाई सम्मान गरेका हुन् ।

साहित्यकार सुन्दर लावतीको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकारहरु सुवास लिम्बु नुमन, सुजन न्यौपाने ,नरेन दाई, सन्दिप सौगात दिलदुख, त्रिलोचन गौतम,बसन्तराज गौतम, मनिपाल राइ, अर्जुन काफ्ले, वालन्दमावोलगायकाले विभिन्न साहित्यिकको विधाकोबारेमा धारणा राखेका थिए ।

अमीर मावोको अध्यक्षतामा गठन भएको मन्जरी थिएटरले मलेसियामा विभिन्न रचनात्मक कामहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment