Comments Add Comment

चिनियाँ राजदूतले भनिन्-संविधान संशोधन नेपालको आन्तरिक मामिला

chines-ambassadar

२८ पुस, काठमाडौं । चीनले संविधान संशोधन र कार्यान्वयन नेपालको आन्तरिक मामिला भनेको छ ।

नेपालका लागि चिनियाँ राजदूत यू हङले पूर्वप्रधानमन्त्री एवं तथा एमाले नेता माधवकुमार नेपालसँग भएको भेटमा सार्वभौम मुलुकले आन्तरिक विषय आफ्नै मौलिक विशिष्टिताका आधारमा हल गर्ने विश्वास व्यक्त गरिन् । नेपाल निवास कोटेश्वरमा भएको भेटमा राजदूतले भनिन्-नेपालले संविधान सफलतापूर्वक कार्यन्वयन गर्न सकोस भन्ने चीनको शुभेच्छा छ ।’

राजदूत हङले भूकम्प पछिको पुननिर्माणमा नेपालले सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको नेपालको सचिवालयले जनाएको छ ।

भेटमा नेता नेपालले नेपाल र चीन तथा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध समधुर र ऐतिहासिक रहेको भन्दै थप प्रगाढ हुने विश्वास व्यक्त गरे । नेपालले एक चीन नीतिमा नेपाल प्रतिबद्ध रहेको पनि प्रष्ट पारे ।

नेपालले चिनियाँ राष्ट्रपति शी जिनपिङको वान बेल्ट वान रोड अवाधारणाको प्रशंसा गर्दै यसबाट नेपाल पनि लाभान्वित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment