Comments Add Comment

माघे संक्रान्तिमा मुग्लिन-नारायणगढ सडक बन्द नहुने

muglin_sadak (1)

 

२९ पुस, चितवन । मुग्लिन-नारायणगढ सडक माघ एक गते बन्द नहुने भएको छ । पवित्र धार्मिक तिर्थस्थल देवघाटमा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै यातायात आवागमन बन्द नगरिने नारायणगढ-मुग्लीन सडक आयोजनाले जनाएको छ ।

नारायणगढ-मुग्लीन सडकखण्ड बिस्तारको काम भइरहेकाले यसअघि साढे १० बजेदेखि ३ बजेसम्म नियमित रुपमा बन्द गरिन्थ्यो ।

माघ एक गते एक दिन खुल्ला राखेर माघ दुई गतेदेखि पुनः सडक बन्द गरेर काम गरिने आयोजनाका इञ्जिनियर शिब खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment