Comments Add Comment

नयाँ बर्षको भोलिपल्टदेखि ओखरपौवामा स्थानीयले फोहोर फाल्न नदिने

okharpouwa-dumping-site

२९ पुस, काठमाडौं । ओखरपौवा डम्पिङ समन्वय संघर्ष समितिले आगामी २०७४ बैसाख २ गते पछि उपत्यकाको फोहोर डम्पिङ गर्न नदिने चेतावनी दिएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले ०६२ सालमा सरकार र स्थानीयबीच गरिएको ९ बुँदे माग अहिलेसम्म कार्यान्वयन नभएको भन्दै नयाँ बर्षको भोलिपल्टदेखि फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस नुवाकोटका सभापति एवम् सांसद जगदिशनरसिंह केसीले ओखरपौवा डम्पिड साइटको बैज्ञानिक व्यवस्थापनकालागि सरकारले हेलचेक्रर्‍याईँ गरेको आरोप लगाए ।

उनले भने, ‘धादिङ र नुवाकोटकोबीचमा रहेको ओखरपौवा वरपरका करिव १० गाविसको जनजीवन नराम्रोसँग प्रभावित भएको छ, राजधानी काठमाडौंबाट फोहोर बोकेर हिँडेका गाडीहरुले सडकभरि फोहोर फाल्छन् र वातावरणनै दुषित भएको छ ।’

त्यस्तै नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले एकतर्फी संघर्ष समितिले सफलता पाउन नसक्ने बताएका छन् । उनले भने, ‘धादिङ, नुवाकोट, उपत्यकावासी र सरकारबीच ठोष सहमति हुन आवश्यक छ, महानगरपालिकाका कर्मचारीले आँखा चिम्लेर बसेका छन्, जुन दिन फोहोरका गाडीहरू राजधानीमा रोकिन्छन्, अनि मात्र खुल्नेछन् ।’

त्यस्तै माओवादी केन्द्रका नेता शालिकराम जमकटेलले राज्य र स्थानीय जनताकाबीचमा भएको फोहोरलाई मोहरमा परिणत गर्ने सम्झौता कागजमा सिमित रहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment