Comments Add Comment

सुनसरीमा सवारी दुर्घटना, ३ को मृत्यु

Accident१ माघ, विराटनगर । सुनसरीको हरिपुरमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

हरिपुर-५ स्थित लोकराज मार्गमा इटहरीतर्फ जाँदै गरेको ना ४ ख २९३१ नम्बरको बसले विपरित दिशाबाट आइरहेको को १९ प ३३५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको छ । तर, सनाखत हुन बाँकी रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी सौरभ राणाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment