Comments Add Comment

सय घर उपभोक्ताका लागि खानेपानी वितरण

२ माघ, गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको पहाडी दुर्गम गाविस भुटार–१ मा सय घर उपभोक्ताका लागि खानेपानी वितरण कार्य सुरु भएको छ ।

water-tapजिल्ला खानेपानी डिभिजन कार्यालय तथा जिल्ला विकास समिति, उदयपुर र पेशोक नेपाल उदयपुरको साझेदारीमा तीन वर्षअघि स्थानीय गोगने खोलाबाट निर्माण कार्य सुरु भएको उक्त खानेपानी योजना निर्माण कार्य सम्पन्न भएपछि अब पानी वितरण कार्य सुरु गरिएको जिल्ला खानेपानी डिभिजन कार्यालय, उदयपुरका प्रमुख रामकुमार श्रेष्ठले बताए ।

उक्त गोगने खोला खानेपानी योजना निर्माण कार्य सम्पन्न गर्न रु ३८ लाख २९ हजार बजेटमा सम्पन्न भएको खानेपानी योजना निर्माणका सञ्चालनकर्ता, पेशोक नेपाल उदयपुरकी सिर्जना दनुवारले बताए ।

तीन घर उपभोक्ताका लागि एक धारा वितरणको व्यवस्था गरिएको उक्त योजनामा ३१ धारा रहेका छन् ।

खानेपानी योजना सम्पन्न भएर पानी वितरण भएपछि अहिले स्थानीयवासीले डोकोमा गाग्री बोकेर डेढ घन्टा टाढाबाट पानी ल्याउनु पर्ने समस्या समाधान भएको स्थानीय जुनाकुमारी राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment