Comments Add Comment

इन्टरपोल सम्मेलनः ५५ देशका प्रहरी प्रमुख काठमाडौंमा

interpol-sammelan५ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को एसिया क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

काठमाडौंस्थित हायात होटलमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गर्दै छन् ।

सम्मेलनमा सहभागी हुन ५५ देशका प्रहरी प्रमुख काठमाडौं आइसकेका छन् । सम्मेलनमा नेपालले तीनवटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

मानव तस्करी सम्बन्धी विषयमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कार्यपत्र प्रस्तुत गर्दैछन् । त्यस्तै चोरी शिकारी सम्बन्धी विषयमा डीआइजी नवराज सिलवालले कार्यपत्र प्रस्तुत गर्दैछन् भने आतंकवादसम्बन्धी डीआइजी बमबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सन् १९८९ मा नेपालले पहिलो पटक भएको इन्टरपोलको १० औं क्षेत्रीय सम्मेलन आयोजना गरेको थियो ।

यो पनि पढ्नुहोस्

२७ वर्षपछि इन्टरपोलको क्षेत्रीय सम्मेलन काठमाडौंमा हुँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment