Comments Add Comment

ट्रम्पलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाईः नेपालको विकासमा सहयोगको अपेक्षा

biddya_prachanda९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्डले पद तथा गोपनीयताको शपथ ग्रहणपछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै नेपाल र अमेरिकाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन् ।
राष्ट्रपति भण्डारीले नेपाल र अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति ट्रम्पको कार्यकालमा दुई देशबीचको सम्बन्ध आपसी विश्वास, समझदारी, सद्भाव र सहकार्य थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री दाहालले पनि राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । नेपालको विकासमा अमेरिकी सरकारबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपालको शान्ति, स्थायित्व र प्रगतिका लागि अमेरिकाबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment