Comments Add Comment

सलमानको गीतमा यूलियाले कम्मर मर्काइन्

lulia-and-salman

बलिउड अभिनेता सलमान खानसँगको रोमान्सका कारण चर्चामा छिन् रोमानियाली अभिनेत्री एवं मोडल युलिया वन्तुर । हालै एउटा कार्यक्रममा उनले आफ्ना प्रेमीले अभिनय गरेको लोकपि्रय गीत ‘बेबीको बेस पसन्द है’ मा कम्मर मर्काइन् ।

यूलियाले वाषिर्क ‘उमंग शो’ को रिहर्सलको भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । भिडियो पोस्ट गर्दै उनले लेखेकी छन्, ‘पूरा रात र दिन रिहर्सल गरियो किनकि बेबीको बेस पसन्द है उमंग शोमा प्रस्तुत हुँदैछ ।’

सलमान र यूलियाको सम्वन्धबारे भारतीय मिडियाहरुले बारम्बार चर्चा गर्ने गर्छन् । तर उनीहरु दुवैले आफूहरुबीचको सम्वन्ध सार्वजनिक रुपमा स्वीकारेका छैनन् । सलमानलाई पहिलोपटक गत वर्ष अभिनेत्री प्रटी जिन्टाको विवाह समारोहमा यूलियासँगै देखिएको थियो । त्यसका अलावा यूलिया थुप्रै अवसरमा सलमानका परिवारजनसँग देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment