Comments Add Comment

रक्षामन्त्री खाँड भन्छन्ः अब छिटै दलहरुबीच सहमति हुन्छ

balkrishna-khad१२ माघ, दाङ । रक्षामन्त्री बालकृष्ण खाँडले नेपालका राजनीतिक दलहरु अन्तिम समयमा मिलेको उदाहरण पेस गर्दै अहिलेको राजनीतिक गतिरोध पनि सहमतिमै समाधान हुने बताएका छन् ।

रिपोटर्स क्लब नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा मन्त्री खाँडले सबै दललाई सहमतिमा ल्याई संबिधान संसोधन गरेर स्थानीय निकायको निर्वाचन गर्न दलहरु छिटै सहमत हुने बताएका हुन् ।

संविधान कार्यान्वयनसँगै मुलुकमा आर्थिक समृद्धिका लागि दलहरु मिल्नुको विकल्प नभएको भन्दै उनले दलहरुबीच छिटै सहमति हुनेमा विस्वस्थ रहेको बताए ।

५ नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउन नहुने तर्क गरे । लुम्बिनीको विकासका लगि पनि ५ नम्बरबाट पहाडी जिल्ला हटाउन नहुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment