Comments Add Comment

राष्ट्रिय वाणिज्य बैंकमा एनआइडिसी गाभ्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत

rbb-bank-and-nidc

१४ माघ, काठमाडौं । एनआइडिसी डेभलपमेन्ट बैंक राष्ट्रिय वाणिज्य बैंकमा गाभिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले एनआइडिसी डेभलपमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकको मर्जर प्रस्ताव पारित गरेको हो ।

अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी स्वामित्वका दुबै बैंकलाई गाभ्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए ।

अब केही समयपछि नै दुबै बैंकले एकीकृत कारोबार थाल्नेछन् । चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउँन नसक्ने भएपछि एनआइडीलाई मर्जमा जान दबाब दिइएको थियो । राष्ट्र बैंकले २०७४ असारसँम्ममा राष्ट्रिय स्तरको बिकास बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड हुनुपर्ने व्यवस्था गरेको छ ।

हाल एनआइडीसीको चुक्ता पुँजी ४१ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको ८ अर्ब ५८ करोड रहेको छ । दुवै संस्थामा सरकारको लगानी रहेको छ । एनआइडीसीले सर्वसाधारणमा सेयर जारी गरिसकेको छ  । एनआइडीसीमा सर्वसाधारणको ०.७४ प्रतिशतमात्र सेयर स्वामित्व रहेको छ ।  बैंकमा सरकारको भने ९९.२६ प्रतिशत लगानी रहेको छ ।  राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणमा सेयर जारी गरेको छैन् । बैंकले पनि सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment