Comments Add Comment

ओलम्पिक कमिटी विवाद टुलुटुलु हेरेर बस्दिनँ: खेलकुदमन्त्री

१५ माघ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले ओलम्पिक कमिटीको विवाद समाधानको लागिसर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउने बताएका छन् ।

आफूले सहमतिबाटै अघि बढ्न पटक-पटक आग्रह गरेको भन्दै उनले भने, ‘विधि र प्रणालीको सबैले पालना गर्नुपर्छ, अदालतको आदेश कार्यान्यवयन हुनुपर्छ, यसको लागि म सामूहिक छलफलमा समेत बस्छु, सम्भव रहेन भने म टुलुटुलु हेरेर बस्दिन ।’

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा मन्त्री श्रीपाइलीले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउन आफूले एक्सन लिने बताए ।

राष्ट्रिय युवा परिषदमा पनि विवाद देखिएको भन्दै उनले समाधानका लागि पहलकदमी लिने बताए । उनले भने, ‘एकलौटी रुपमा ६० जिल्लामा नियुक्ति गरिएको कुरा बाहिर आएको छ, यसबारेमा मेरो ध्यानाकार्षण भएको छ ।’

उनले युवा परिषद्मा सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्रालयले १५ वर्षे खेलकुद रणनीति बनाउन लागेको भन्दै उनले भने, खेलकुदको विकासका लागि खेलकुद विश्वविद्यालय, खेलकुद अस्पताल, खेलाडी विमा, खेलाडी कल्याणकारी कोषको स्थापना गर्ने, खेलाडी परिचयपत्र दिन लागेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment