Comments Add Comment

कांग्रेस वरिष्ठ नेता पौडेल डेनमार्क आउँदै, जनसम्पर्क समितिलाई अधिवेशनको चटारो 

बार्सिलोना । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल डेनमार्कको कोपेनहेगन आउने भएका छन् । नेपाली जनसम्पर्क समिति डेनमार्कको चौथो अधिवेशनलाई सम्बोधन गर्न वरिष्ठ नेता पौडेल डेनमार्क आउन लागेका हुन् ।

फेब्रुअरी ११ तारिख कोपेनहेगनमा हुन लागेको अधिवेशनमा पौडेल आउने निश्चित भएको समितिका अध्यक्ष नवराज आचार्य -नविन)ले जानकारी दिए । अधिवेशनमा पूर्वविद्यार्थी नेता उमेशजंग रायमाझी पनि आउने भएका छन् ।

अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष आचार्यको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । यस्तै पूर्वअध्यक्ष यामलाल सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति समेत गठन भएको छ । नयाँ कार्यसमितिका लागि मतदानको सम्भावना देखिएको छ ।

अधिवेशनमा १ हजार ७ सय ३० सदस्यताबारे टुंगो लागेको अध्यक्ष आचार्यले जानकारी दिए ।

सन् २००५ मा स्थापना भएको समितिका संस्थापक अध्यक्ष डोलराज पौडेल (नविन) हुन् भने सन् २००९ मा सम्पन्न पहिलो अधिवेशनबाट त्रिलोचन सापकोटा अध्यक्षमा निर्बाचित भए । यस्तै सन् २०११ को दोस्रो अधिवेशनबाट यामलाल सुवेदी अध्यक्षमा सर्बसम्मत चुनिएका थिए ।

सन् २०१४ को तेस्रो अधिवेशनमा भने अलि पृथक सहमति बन्यो फलस्वरूप दुई जना अध्यक्ष बने । पहिलो वर्ष रामचन्द्र पाठक अध्यक्ष भने हाल नबराज आचार्य -नविन) अध्यक्षको रुपमा कार्यरत छन् ।

चौथो अधिवेशनमा अध्यक्षका चार जना आकांक्षीहरु देखिएका छन् । कांग्रेस १३ औ महाधिवेशनका महासमिति सदस्य तथा पूर्वमहामन्त्री बुद्धि सापकोटा, महाधिवेशन प्रतिनिधि तथा पूर्वउपाध्यक्ष दीपकराज रिजाल, समितिका सल्लाहकार तथा पूर्व प्रवक्ता बिरेन्द्र सिंह कार्की र समितिका सल्लाहकार शैलेन्द्र अधिकारीको नाम चर्चामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment