Comments Add Comment

मलेसियामा भब्यरुपमा ल्होसार मनाइयो

मलेसिया । मलेसियामा भब्यरुपमा ल्होसार मनाइएको छ । तामाङ समाज मलेसियाको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन मलेसियाको विभिन्न ठाउँमा रहेका तामाङ समुदायहरु एकै ठाउँमा भेला भएका थिए ।

क्वालालम्पुरको होटल एरेनामा मनाइएको कार्यक्रममा आदीवासी जनजाति महासंघका अध्यक्ष दिपक तामाङल विदेशमा रहेका नेपालीहरुले यसरी आफनो चाड मनाउनु गौरव विषय भएको वताए ।

तामाङ समाजका अध्यक्ष चक्र तामाङको सभापतित्वमा भएको कार्यक्रममा जनप्रगतिशील मन्चका अध्यक्ष प्रेम पाण्डे, पत्रकार रामचन्द्र गिरी, पिएनसिसिका मलेसिया संयोजक रामचन्द्र नेपाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिसँगै र पत्रकारहरुले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरु अविनाश घिसिङ, शशिकला मोक्तान, सुमन घले र चिजा तामाङले भरपुर मनोरन्जन दिलाएका थिए । साथै मलेसियामै रहेका कलाकारहरुले समेत आफ्ना प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।

सोही अवसरमा गायक रमित लामाको क्यासेट एल्वम ‘नमस्ते’को विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment