Comments Add Comment

नयाँ चरा पत्ता लगाउने नेपाली अनुसन्धानकर्ता सम्मानित

१६ माघ, काठमाडौं । सन् २०१६ मा नेपालका लागि तीन प्रजातीका नयाँ चरा पत्ता लगाउने अनुसन्धानकर्ताहरु सम्मानित भएका छन् । नेपाल पन्छी संरक्षण संघको ३४ औ वार्षिक साधारण सभाको कार्यक्रममा नेपालका लागि नयाँ प्रजाती रुफस टेल्ड रक थ्रस चरा पत्ता लगाउने नरेश कुसी नेतृत्वको समूह, ग्रे साइडेड थ्रस पत्ता लगाउने सोम जिसी नेतृत्वको समूह र वेस्ट हिमालयन बुस वाब्लर पत्ता लगाउने हठन चौधरी नेतृत्वको समूहलाई संघले सम्मानित गरेको हो ।

यससँगै नेपालमा पाइने चराको प्रजाती संख्या ८८४ पुगेको छ ।

उनीहरुको कामको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको नेपाल पन्छी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमान बाबु प्रधानले बताए ।

यसैबीच स्वस्थ वातावरणको सूचक चराहरुमा बढ्दो शहरीकरणले पारेको प्रभाव अध्ययन र संरक्षण अभियानको पहिलो वर्ष काठमाडौंमा सम्पन्न गरिएको छ । अभियान अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काइएका प्रजननअयोग्य गिद्धहरुलाई बिस्तारै सुरक्षित प्राकृतिक बासस्थानमा पुनःस्थापना गर्ने कार्यक्रमको सुरुवात गरिएको छ ।

प्रजनन् अयोग्ग ठहरिएका ति गिद्धहरुलाई नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्ट क्षेत्रमा सफलतापूर्वक प्राकृतिक बासस्थानमा पुनःस्थापना गरी तिनीहरुको नियमित अनुगमन गरिने संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले जानकारी दिए ।

कर्‍याङ-कुरुङ सारसको मुस्ताङमा गरिएको बसाइँसराइ अनुगमन र अध्ययनको सुरुवात यसै वर्ष गरिएको र यस अध्ययनलाई नियमित गर्ने संघका बरिष्ठ कार्यक्रम अधिकृत ज्योतेन्द्र ठकुरीले जानकारी दिए ।

संघका अध्यक्ष युवराज बस्नेतको अध्यक्षता र वन तथा भू-संरक्षण मन्त्रालयका निमित्त सचिव प्रेम कंडेलको प्रमुख आतिथ्यतमा सम्पन्न ३४ औं वार्षिक साधरण सभामा कार्यक्रम तथा आर्थिक प्रतिवेदन क्रमशः महासचिव राजेन्द्र गुरुङ र कोषाध्यक्ष अशोकबहादुर मल्लले प्रस्तुत गरेका थिए ।

समारोहमा उपस्थित अतिथी, संस्थाका सल्लाहकार, सदस्यहरु र पन्छी तथा वातावरणविदरुले अझ सशक्त ढंगबाट पन्छी, वातावरण, जैविक विविधता जोगाउन लाग्न संस्थालाई सुझाव दिएका थिए ।

सन् १९८२ मा स्थापना भएको नेपाल पंक्षी संरक्षण संघले नेपालमा पंक्षीहरुको वैज्ञानिक अध्ययन तथा संरक्षण र बासस्थान व्यवस्थापनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । बर्डलाइफ इन्टरनेशनल साझेदार रहेको संघले गिद्ध, खरमजुर जस्ता लोपोन्मुख, अतिसंकटापन्न तथा दुर्लभ चराहरुको वैज्ञानिक अध्ययन तथा संरक्षणका कार्यहरुका साथै चरा र जैविक विविधताको लागि काम गदर्ैै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment