Comments Add Comment

यी मान्छेको कत्रो मुख ? सिँगो स्याउ एकै गासमा क्वाप्पै !

एन एप्पल अ डे, किप्स डक्टर्स अवे भन्ने उक्ति त सुन्नुभएकै होला । दिनमा एउटा स्याउ खानाले डाक्टरकोमा धाइरहन पर्दैन भन्ने यो भनाईलाई सायद बेलायतका यी २६ वर्षीय युवकले सबैभन्दा धेरै गम्भीर रुपमा लिएका छन् ।

सोही कारणले होला मायल्स स्कटले एउटा सिँगै स्याउ एकैचोटीमा मुखभित्र क्वाप्पै हालेर चपाउँछन् । उनले एक दिनमा एक स्याउ होइन एकै गासमा एक स्याउ खाइदिन्छन् ।

जाबो एउटा स्याउका लागि पूरै दिन किन पर्खिरहने ? स्कटले स्याउको गेडा सिँगै मुखभित्र छिराउँछन् अनि दुई मिनेट जतिमा चपाइवरी निलिसक्छन् । एकैगासमा एउटा स्याउ खाएको भिडियो उनले यु ट्युबमा समेत अपलोड गरेका छन्, जुन निकै चर्चित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment