Comments Add Comment

विश्वकै महंगो भ्रमण प्याकेज, जसमा नेपाल पनि घुम्न पाइन्छ

एउटा लक्जरी ट्राभल एजेन्सीले विश्वकै महंगो २० दिने विश्वव्यापी भ्रमण प्याकेज सार्वजनिक गरेको छ । निजी बोइङ ७६७ मा गराइने यो भ्रमणको लागत एक करोड ३८ लाख डलर पर्न आउँछ ।

थाइल्याडको कोह सामुइ आइल्याण्डदेखि फिलिपिन्सको राजधानी मनिलासम्म हुने यात्रामा ५० हजार किलोमिटर दुरी तय गरिने एजेन्सीले जनाएको छ । यसभित्र नेपालको काठमाडौं, भारतको आग्रा, कम्बोडिया, क्यान्स, लन्डन, बार्सिलोना र मार्बेल्लासम्म पुग्नका साथै एटलान्टिक पार गरेर क्यूवा, हवाली र फिलिपिन्सको एल्निडोसम्म पुग्ने योजना छ । यात्राका क्रममा लस भेगासमा केही ककटेल र जुवासहितका रातहरु बिताइने छन् ।

यात्राको सबैभन्दा महंगो विशेषताका रुपमा १८ क्यारेट सुनका ककटेल स्वीजल स्टिकहरु उपलब्ध गराइनेछ जसमा १० लाख डलरको सेतो र निलो हिरा जडित हुन्छ । यसका लागि वल्र्ड अफ डाइमन्ड गु्रपको गठन गरिएको छ ।

मुख्य अतिथिले बोइङ ७६७ मा यात्रा गर्नेछन् जसमा ओछ्यानमा जसरी सुत्न सकिने व्यवस्था हुन्छ । अर्को बोइङ जेटमा ५० परिवार र साथीहरुले एकैसाथ यात्रा गर्न सक्नेछन् । आकाशमा छँदा उनीहरुले ५ लाख डलरको च्यारिटी पोकर टुर्नामेन्टमा भाग लिन सक्ने छन् जसमा विश्वका नामी खेलाडीहरु सहभागी हुन्छन् ।

भिआइपी टुर अपरेटर डि्रममेकरका संस्थापक ग्रेगोरी प्याटि्रकले यो प्याकेजले निजी उड्ययनको उत्कर्षलाई प्रतिबिम्बित गर्ने बताए ।

यस प्याकेजबाट उठेको पैसाबाट १० लाख डलर विश्वभरका बालबालिकाका निम्ति खर्च गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment