Comments Add Comment

सामसुङ डिजिटल प्लाजा बिर्तामोडमा पनि


२१ माघ, काठमाडौं । झापाको बिर्तामोडमा हिम इलेक्ट्रोनिक्स प्रालिले अत्याधुनिक र सुविधा सम्पन्न सामसुङ डिजिटल प्लाजा (महेन्द्ररत्न स्टोर) सुरुवात गरेको छ । ग्राहकहरुको विशेष सुविधालाई ध्यानमा राख्दै सामसुङको नेपालको लागि आधिकारिक विक्रेताले यसको सुरुवात गरेको हो ।

समसङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसुङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा, बिर्तामोड, झापामा खोलिएको हो । ९५ वषर्ीय समाज्ासेवी प्ार्श्ाूराम ढकालले शोरुमको उद्घाटन गरे ।

यो सामसुङ डिजिटल प्लाजाले सामसङका विश्वस्तरिय उत्पादनहरु एलइडी टिभी, मोबाइल, रेफि्रजेरेटर, भ्याकुम क्लीनर, वासिङ मेसिन, माइक्रोवेभ ओभन लगायतका सामसुङका सामानहरु विक्री गर्नेछ । काडमाडौं उपत्यकाभित्र ८ वटा र बाहिर ५ वटा गररे हालसम्म १३ बटा सामसङ प्लाजा खुलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment