Comments Add Comment

आर्मीलाई हराउँदै मनाङ फाइनलमा, उपाधिका लागि झापासँग भिड्ने

२२ माघ, झापा । त्रिभुवन आर्मीलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लब रमपम झापा गोल्डकपको फाइनलमा पुगेको छ ।
विभागीय टोली त्रिभुवन आर्मीलाई १-० हराउँदै मनाङले आयोजक झापा-११ सँगको भेट पक्का गरेको हो ।

मनाङको जितमा खेलको ४१ औँ मिनेटमा विमल रानाले गोल गरे । विदेशी खेलाडी ओलावालेको क्रस पासमा कप्तान सुजल श्रेष्ठको प्रहार पोलमा लागेर फर्किदा विमलले आकर्षक गोल गरेका थिए ।

निक्कै प्रतिष्पर्धात्मक खेलमा सुरुवातदेखि नै दुवै टोली आक्रमक देखिन्थे । यसअघि दुवै टिमले गोल गर्ने थुप्रै अवसरहरु गुमाएका थिए ।

खेलमा मनाङका कप्तान सुजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनलाई ७ हजार रुपैयाँ प्रदान गरियो ।

फाइनल खेल सोमबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment