Comments Add Comment

बिल्बाओमाथि बार्सिलोनाको सहज जित

२३ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि सहज जित हात पारेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ३-० ले हराएको हो । यससँगै बार्सिलोनाले लिग लिडर रिगल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १८ औं मिनेटमा पाको अलासरको गोलबाट अग्रता लिएको थियो । ला लिगामा बार्सिलोनाका लागि उनको यो पहिलो गोल हो ।

४० औं मिनेटमा लिओनल मेस्सीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २-० को अग्रता लिन सफल भयो ।

खेलको ६७ औं मिनेटमा भिडालले गोल गरे र बार्सिलोना ३-० ले विजयी भएको छ ।

जितसँगै बार्सिलोना २१ खेलबाट ४५ अंकका साथ दोस्रो स्थानमा छ । लिग लिडर रियल मड्रिडको ४६ अंक छ । तर, उसले दुई खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment