Comments Add Comment

ऊर्जामन्त्री भन्छन्- तीन वर्षपछि बढी विद्युत खपत गर्न आह्वान गर्ने अवस्था आउँछ

आर्थिक विकासको आधारमा राष्ट्रियता बलियो बनाउन प्रस्ताव

२३ माघ, झापा । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक विकासका माध्यमबाट नेपालको राष्ट्रियतालाई थप मजबुत पार्ने प्रस्ताव अघि सारेका छन् ।

उनले विद्युत उत्पादन बढाएर देशमा उद्योगधन्दा चलाउने र त्यसकै आधारमा राज्यलाई मजबुत बनाउँदै जाँदा राष्ट्रियता पनि आफैँ बलियो बन्दै जाने बताएका हुन् ।

झापा जिल्लाका नागरिकहरुसँगको छलफलमा मन्त्री शर्माले यस्तो प्रस्ताव राखेका हुन् । उनले नागरिकसँग भएको पैसा विद्युत उत्पादनमा खर्च गर्न आग्रह गरेका छन् ।

लोडसेडिङबारे चर्चा गर्दै मन्त्री शर्माले अहिले विद्युत अभाव भएपनि तीन वर्षपछि बढी विद्युत खपत गर्न नागरिकलाई आहृवान गर्नर्े अवस्था आउने बताएका छन् । तीन बर्षपछि आम नागरिकलाई विजुलीबाटै खाना बनाउन, सबै काममा सकेसम्म बिजुली प्रयोग गर्न अपील गर्ने स्थिति आउँछ ।

देशमा औद्योगिकरण गरी आर्थिक समृद्धिका लागि ऊर्जा विकासमा ध्यान दिएको मन्त्री शर्माको भनाइ छ । उनले भने, ‘विद्युत उत्पादनमा जोड दिँदै देशको हरेक कुनामा विजुली पुर्‍याउने हो, यो अभियानमा तपाईहरुको साथ चाहिएको छ ।

यस्तै पाँच र १० बर्षपछि देशलाई उद्योग धन्दाका लागि कति बिजुली चाहिने हो त्यसका लागि पनि अध्ययन सुरु भइरहेको उनले बताएका छन् ।

नेपालमा विजुली बेच्ने ठाउँ छैन भन्ने हल्ला फैलाइएको भन्दै मन्त्री शर्माले भने, ‘नेपालको विजुली बेच्ने होइन, यही उद्योग धन्दा सञ्चालन गरेर त्यसको उपभोग गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment