Comments Add Comment

ट्रम्पलाई अदालतको अर्को झड्का, प्रतिवन्ध कायमै राख्न गरेको अपील खारेज

२३ माघ, काठमाडौं । आप्रवासनसम्वन्धी आफ्नो कार्यकारी आदेश रोक्न संघीय न्यायाधीशले दिएको आदेशविरुद्ध ट्रम्प प्रशासनले गरेको अपील खारेज गरेको छ ।

अमेरिकी ‘फेडरल अपील कोर्ट’ले प्रतिवन्ध कायमै राख्न न्याय मन्त्रालयले गरेको अपील खारेज गरेको हो । यससँगै ट्रम्पको कार्यकारी आदेशमाथि लागेको रोक पूर्ण सुनुवाई नहुँदासम्म कायमै रहने भएको छ ।

ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो साता नै मुस्लिम सात देशका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिने रोक लगाएका थिए ।

सियाटलका न्यायाधीशले ट्रम्पको आदेशमा अन्तरिम रोक लगाएका थिए । त्यसविरुद्ध अमेरिकी न्याय मन्त्रालयले ‘फेडरल अपील कोर्ट’मा अपील गरेको थियो ।

यो पनि पढ्नुहोस् 

अमेरिका प्रवेशमा रोकको आदेश उल्टाउने फैसलाविरुद्ध ट्रम्पको अपील

‘ट्रम्पको आदेशपछि काकीले हनिमुन मनाउन पाउनुभएन, हजुरआमा रोइरहनुभएको छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment