Comments Add Comment

भारतीय क्रिकेटरको अपत्यारिलो ब्याटिङ, ७२ बलमा ट्रिपल सेन्चुरी

२६ माघ, काठमाडौं । भारतका २१ वर्षीय ब्याट्सम्यान मोहित अहलावतले टी-२० क्रिकेटमा अविश्वसनीय ब्याटिङको नमूना प्रदर्शन गरेका छन् ।

दिल्लीमा आयोजित खेलमा उनले ७२ बलमा तेहरो शतक हिर्काए । यस क्रममा उनले ३९ छक्का प्रहार गरेका थिए ।

टी-२० क्रिकेटमा अहिलेसम्म सबैभन्दा ठूलो स्कोरको कीर्तिमान वेस्ट इनिङ ब्याट्सम्यान क्रिस गेलको नाममा छ । उनले सन् २०१३ को इन्डियन क्रिकेट लिगमा १७५ रन बटुलेका थिए ।

तर, मोहितले स्थानीय खेलमा ३०० रन हाने पनि उनको नाममा औपचारिक कीर्तिमान रहँदैन ।

‘मैले आइपीएलको लिलामीमा आफ्नो नाम हालेको छ, आजको प्रदर्शनले म उनीहरुको आँखामा पर्न सक्छु कि ?’ मोहितले एबिपी लाइभमा भने ।

श्रीलंकाका धनुका पथिरानाले २००७ को सेप्टेम्बरमा ईंग्ल्याण्डकाके अस्टरल्यान्डमा आयोजित टी-२० म्याचमा ७२ बलमा २७७ रन हानेका थिए ।

यसैगरी भारतका स्कुले विद्यार्थी प्रनव धनावाडेले २०१६ को जनवरीमा आयोजित विद्यालयस्तरीय प्रतियोगितामा नटआउट १ हजार नौ रन हानेका छन् ।

मोहितले २०१५ को अक्टोबरमा तीनवटा दिल्लीमा फस्र्ट क्लास म्याच खेलेका थिए, जहाँ गौतम गम्भीर, इशान्त शर्मा जस्ता खेलाडीहरु पनि थिए । पाँच इनिङमा उनले क्रमशः १, ४, ०, ० र ० रन हानेपछि उनलाई ड्रप गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment