Comments Add Comment

देउवाका छोराको उपचार बेलायतमा हुँदै, आरजू एकसाता लण्डनमै रहने

२७ माघ, बेलायत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका एक मात्र छोरा जयवीरसिंह देउवा बिरामी परेका छन् । उनको उपचारका लागि बेलायत आइपुगेकी सांसद आरजू देउवा अझै एक सातासम्म लण्डनमै रहने दूतावास स्रोतले जानकारी दिएको छ ।

पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीर करिब दुई वर्ष अघिदेखि बेलायतमै बस्दै आएका छन् । उनी यहाँको महंगो कलेजमा पढ्छन् । यसैक्रममा उनमा खुट्टा सुन्निने समस्या देखिएपछि आमा आरजू राणा देउवा अघिल्लो हप्ता लण्डन आएकी हुन् । आरजू अहिले नेपाली दूतावासमा बसेकी छिन् ।

छोरालाई हाल अस्पतालमा भर्ना गर्नु नपरे पनि फलोअप चेकजाँच गर्नुपर्ने आएका आरजु अर्को सातासम्म यतै रहने स्रोतले बतायो ।

भेटघाटमा व्यस्त

यसैवीच बेलायतमा रहँदा कांग्रेस नेतृ आरजूले नेपाली समुदाय एवं बेलायतीहरुसँगको भेटघाटलाई तीव्रता दिएकी छिन् । बेलयतमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरुका साथै उनले गोरखा सैनिकहरुसँग पनि भेटघाट गर्नुका साथै अन्तरक्रिया कार्यक्रमहरुमा सहभागिता जनाइरहेकी छिन् ।

यसैवीच लण्डनस्थित एमनेष्टी इन्टर नेशनलका प्रतिनिधिहरुले पनि आरजूसँग भेट गर्ने योजना रहेको स्रोतले बतायो । लण्डनस्थित एम्नेष्टीले विगतमा सिके राउनको पक्षमा आवाज उठाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment